जनकपुर मेडिकल कलेजको बेहाल : सञ्चालक सम्पर्कविहीन, कर्मचारीलाई तलबको चिन्ता

जनकपुर मेडिकल कलेजको बेहाल : सञ्चालक सम्पर्कविहीन, कर्मचारीलाई तलबको चिन्ता

 जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका सञ्चालक सम्पर्कविहीन भएका छन्। कलेज तथा अस्पतालमा कार्यरत साढे ४ सय कर्मचारीको तलबभत्ता दिन नसकेपछि सञ्चालक सम्पर्कविहीन भएका हुन्।

कलेजका प्रबन्ध निर्देशक राजेश थापाले पछिल्लो पटक प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्र यादवसमक्ष जेठ १५ गते कर्मचारीलाई तलब दिने प्रतिबद्धता जनाएका थिए। तर, प्रबन्ध निर्देशक थापा, अध्यक्ष दिल्लीराज पौडेल र अस्पताल निर्देशक पशुराम मि श्र सम्पर्कविहीन बनेको कर्मचारीको भनाइ छ। सञ्चालक नै फरार भएपछि कर्मचारी र विद्यार्थी अन्योलमा परेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कलेजलाई कारबाही गर्न आर्थिक मामिला तथा कानुन मन्त्रालयमा पत्र पठाएपछि मन्त्री यादवले कलेजका सञ्चालकसँग छलफल गरेका थिए। यही जेठ ४ गते भएको छलफलमा जेठ १२ गते दुई महिनाको तलब खुवाउने लिखित प्रतिबद्धता निर्देशक थापाले जनाएका थिए। तर, त्यो मितिमा कर्मचारीले तलब पाएनन्। थापाले मन्त्री यादवलाई फोन गरी जेठ १५ गते कुनै पनि हालतमा एकमुष्ठ १४ महिनाको तलब बाँड्ने प्रतिबद्धता जनाएको जनाइएको छ।

मन्त्री यादवले पनि १५ गते तलब नबाँडे कारबाही गर्ने चेतावनी दिएका थिए। तर, कलेज सञ्चालक जेठ १५ अगावै कलेज छाडेर सम्पर्कविहीन बनेका हुन्। कर्मचारीहरू जेठ १६ मा तलब नपाएको गुनासो गर्न मन्त्रीनिवास पुगेका थिए। कर्मचारीका अगाडि मन्त्री यादवले निर्देशक थापालाई फोन गरे पनि ‘रिसिभ’ नभएको जनाइएको छ।

मन्त्री यादवले कलेज सञ्चालकलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि केही गर्न नसकेको कर्मचारी संघर्ष समितिका संयोजक उमेश यादवले बताए। भने, ‘हामीलाई केयौं पटक ठगेका कलेज सञ्चालक यसपटक मन्त्रीलाई ठग्न सफल भएका छन्।’

कलेजकै सिटी अस्पताल जनकपुरमा कर्मचारीले शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चालक फरार भएपछि तलबभत्ता नपाउने चिन्ता व्यक्त गरे। डा. वीरेन्द्र झाले निर्देशक थापासहित अन्य सञ्चालक रातारात फरार भएको बताए। भने, ‘हामी कर्मचारी त पीडित छँदै छौं। महिनादेखि पठनपाठन ठप्प हुँदा विद्यार्थीको भविष्य बिग्रिन थाल्यो, यसतर्फ सरकारको ध्यान पुगोस्।’

प्रभु बैंकले कलेजलाई ३४ करोड ऋण प्रवाह गरेको विषयमा छानबिन हुनुपर्ने माग उनले गरे। उनका अनुसार ऋण बढेर अहिले १ अर्ब ६० करोड पुगेको छ। कर्मचारीलाई तलब बाँड्न मात्र २५ करोड रुपैयाँ कलेजलाई चाहिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.