गर्मी बढ्दा तराईको जनजीवन अस्तव्यस्त

गर्मी बढ्दा तराईको जनजीवन अस्तव्यस्त

जनकपुरधाम : धनुषासहित मध्य तथा पूर्वी तराईमा बढ्दै गएको गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ। पछिल्लो तीन दिनदेखि तापक्रम बढेपछि सर्वसाधारणको शीतलताको उपाय खोजिरहेका छन्।। सूर्यको ताप बढेर तातो हावा चल्न थालेपछि घरबाहिर निस्कन समेत गाह्रो भएको छ। गर्मीको कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित हुन थालेका छन्। 

बुधबार जनकपुरको तापक्रम ३८ डिग्री पुगेको छ। गर्मीको प्रकोप मध्य तथा पूर्वी तराईमा अझ केही साता रह्ने जलवायु तथा मौसम कार्यालय जनकपुरका प्रमुख मुनेश मिश्राले जानकारी दिए। गर्मीको सबैभन्दा बढी मारमा विद्यालय जाने बालबालिका परेका छन्। निजी तथा सामुदायिक विद्यालयमा गर्मी बिदा नदिँदा बालबालिका गर्मीको मारमा परेका छन्। 

एकातर्फ प्रचण्ड गर्मी र अर्को तर्फ अनियमित विद्युत् आपूर्तिको कारण  सर्वसधारण झनै पिरोलिएका छन्। जनकपुर उपमहानगरपालिका ४ निवासी रामबाबु साह भन्छन्, ‘गर्मी छल्न पंखा चलाउ भन्दा विद्युत्त हुदैन् सबैभन्दा बढी समस्या रातिको बेला विद्युत्त अनियमित रुपमा काटिदा सुत्न समेत अप्ठ्यारो परेको हो।’ बढ्दो गर्मीबाट जोगिन छाला ढाक्ने कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शीतल पानीले हात मुख धुने , पानी बढी पिउने, सक्दो प्राकृतिक हावा अथवा छहारीमा बस्ने, घाममा निस्कँदा छाता लगाएर निस्किन सुझाव चिकित्सकले दिन्छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.