नयाँ सहरमै सडकको बेहाल

नयाँ सहरमै सडकको बेहाल

फिदिम : पसल अगाडिको चौबाटोमा सडक भत्किएर खाल्डो परेको छ। सडक भत्किएका कारण बाक्लै दुर्घटना हुन थालेको छ। दैनिकजसो ससाना दुर्घटनाको दृश्य देख्दा फिदिम बजारको ठाडो लाइनका कपडा व्यापारी मुक्ति निरौला चिन्तित छन्।

पाँचथर सदरमुकाम फिदिम बजारलाई आधुनिक सहर बनाउने उद्देश्यका साथ नयाँ सहर आयोजनाले काम गरिरहेको छ तर मुख्य बजारमै सडकको बेहाल भएपछि स्थानीय आक्रोशित छन्। कालोपत्रे गरिएको सडक भत्किएर खाल्डाखुल्डी परेपछि बजारवासी आक्रोशित बनेका हुन्।

‘सडकमा खाल्डो परेपछि दुर्घटना बढेको छ’, व्यापारी निरौलाले भने, ‘१५ दिनमा सातभन्दा धेरै दुर्घटना भए।’ अहिलेसम्म सामान्य किसिमका दुर्घटना भएका छन्। चाँडै सडक मर्मत नगरे ठूलो दुर्घटना हुन सक्ने उनको भनाइ छ। ‘मुख्य बजारमै सडक भत्किएर दुर्घटना हुन थालेपछि जिल्लाका नेतादेखि सांसदसम्मलाई मर्मत गर्न आग्रह गरियो’, उनले भने, ‘अहिलेसम्म सडक मर्मतका लागि कसैले पनि चासो दिएका छैनन्।’

फिदिम बजारको गणतन्त्र चोकबाट अलिकति मास्तिरको चौबाटोमा सडक भत्किएर खाल्डो परेको हो। ठाडो लाइनका दुईतर्फ छुट्टिने सडकसहित लखनमार्ग र भानुमार्ग छुट्टिने चौबाटोमा खाल्डो परेको छ। सवारी साधनको चाप अत्यधिक हुने ठाउँमै सडक भत्किएपछि सामान्य प्रकृतिका दर्जनौं दुर्घटना भएका हुन्। ठूलो दुर्घटना नभई सडक मर्मत गर्ने परिपाटी नभएकै कारण अहिलेसम्म कसैले चासो नदिएको स्थानीयको गुनासो छ। ठाडो लाइनमा विद्यार्थीसमेत बाक्लै गरी हिँडडुल गर्छन्।

गणतन्त्र चोकबाट ठाडो लाइन हुँदै अस्थायी बसपार्कसम्मको १५ सय मिटर सडक भत्किएर खाल्डो पर्न थालेको छ। कालोपत्रे गरेको सडक भत्किएर खाल्डा परेपछि दुर्घटनाको सम्भावना बढेको छ। ‘दर्जनौं ठाउँमा सडक भत्किएको छ’, मोबाइल व्यवसायी राजु आङ्देम्बेले भने, ‘नयाँ सहरमा सडकको बेहाल देख्दा लाज लागेर आउँछ।’


फिदिम बजारको गणतन्त्र चोकबाट ठाडो लाइन हुँदै अस्थायी बसपार्कसम्मको १५ सय मिटर सडक भत्किएर खाल्डो पर्न थालेको छ।

गणतन्त्र चोकबाट ठाडो लाइन हँुदै अस्थायी बसपार्कसम्मको १५ सय मिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको फिदिमका मेयर ओनाहाङ नेम्बाङले बताए। ‘भत्किएको सडक मर्मत मात्र होइन, नयाँ सहर आयोजनामार्फत सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइइको छ’, उनले भने।

१५ सय मिटर सडक कालोपत्रेका लागि सर्भे गरिसकिएको नयाँ सहर आयोजनाले जनाएको छ। सडकको चौडाइ आठ मिटर हुने गरी कालोपत्रे गर्ने जनाइएको छ। नयाँ सहरले आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट प्राथमिकतामा राखेर सडक कालोपत्रे गर्ने कार्ययोजना बनाएको नयाँ सहर आयोजनाका सूचना अधिकृत राम सापकोटाले जानकारी दिए। ‘आगामी आर्थिक वर्ष उक्त सडक कालोपत्रे गर्छौं’, उनले भने, ‘कालोपत्रेका लागि प्राविधिक स्टिमेट तयार गरिएको छ।’

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.