नझुक्किनुस्, यो खोलो होइन, काठमाडौंकै सडक हो (फोटो फिचर)
काठमाडौं : बिहीबार बिहानै टेकुमा अनौठो दृश्य देखियो। स्थानीयबासीहरू बाटोमा जमेको पानीमा फसेका गाडी धकेल्दै थिए। बागमती नदी किनारमा रहेको यो बाटो पानी जमेर करिब करिब अवरुद्ध थियो।
टेकु हुँदै सानेपा जाने यो बाटोमा रहेको झोलुंगे पुल मुनी गाडी फसेपछि आवागमन नै अवरुद्ध हुन पुगेको थियो। स्थानीयबासीको सहयोगमा केही गाडीलाई यसअघि नै त्यहाँबाट निकालिएको थियो।
फोटो हेर्दा तल खोलामा गाडी र माथि पुलजस्तो देखिए पनि यो झोलुंगे पुलमुनी जमेको पानी खोलो भने होइन। यो अति व्यस्त हुने सडक हो जसमाथि आवागमनका लागि पुरानो झोलुंगे पुल पनि छ।
बाटोमा जमेको पानीमा गाडी फसेपछि त्यसलाई निकाल्ने चटारो त थियो नै पुलमाथि उभिएर रमिता हेर्नेको पनि ठूलै भीड थियो।
सरोज बैजूले खिचेका केही फोटोहरूः
_20180531071413.jpg)
_20180531071413.jpg)
_20180531071412.jpg)
_20180531071412.jpg)
_20180531071409.jpg)
_20180531071412.jpg)
_20180531071409.jpg)
_20180531071412.jpg)
_20180531071409.jpg)
प्रतिक्रिया दिनुहोस !