दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

गाउँबाट शिक्षा, स्वास्थ्य, रोजगारीलगायत कारणले सहर जाने क्रम बढेकाले पनि गाउँमा बसोबास गर्नेको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन् । गाउँमा ज्येष्ठ नागरिक र अधिकांश महिला मात्रै छन् ।

एक वर्षमा सात लाख ४० हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो ।

चीनमा भीषण वर्षा पछिको बाढीले १५ जनाको मृत्यु

बेइजिङ : दक्षिणपश्चिम चीनमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने अन्य चारजना बेपत्ता भए…

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्ने

त्यस्तै, ब्याजदर निर्धारण गर्दा बोलबालाले कबोल गरेको ब्याजदरलाई सानादेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ् ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ।

दुई गैँडा मारेको अभियोगमा तीनजना पक्राउ

पक्राउ परेका तीनै जना विरुद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बरामद गैँडाको खाग चोरीशिकार गरेको स्थान चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएकाले मुद्दा यहाँ सरी आएको पुनले जानकारी दिए।

भारतमा आदिवासी युवकमाथि पिसाब गर्ने भाजपा नेता प्रवेश शुक्ला पक्राउ

नले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा चुरोट पिउँदै एक व्यक्तिमाथि पिसाब गरेको भन्दै कुब्रीका निवासी प्रवेश शुक्ला विरुद्ध एससी/एसटी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको लेखेका छन्।

पर्वतमा पहिराले विद्यालय पुरिएपछि पठनपाठनमा समस्या

असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पुर्‍याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिए। विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उनको भनाइ छ।

असारे झरीले किसानलाई राहत

मटिहानीका अजिज राइनले भने, 'पानीले बल्ल माटो गलाएको छ ।' पानी परेपछि अब धानखेतीलाई मद्दत पुग्ने उनको भनाइ छ । ब्याडमै सुक्दै गएको बीउ अब यो पानीले जाग्ने र एक/दुई दिनभित्रै रोपाइँ थाल्ने राइन बताउँछन्।

टोखा नगरपालिकाद्वारा खेलकुदतर्फ एक करोड विनियोजन

टोखाले नगरभित्रका घरमा डिजिटल घर नम्बर वितरण गर्ने भएको छ । टोखाले आगामी आवमा नगरपालिकाभित्रका घरमा डिजिटल घर नम्बर वितरण सुरुआतका लागि रु ५० लाख विनियोजन गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए।

कञ्चनपुरमा दोहोरो नागरिकताको अभियोगमा दुईजना पक्राउ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध  दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

झापामा चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते

झापा : झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । म…

वीरगन्जको अठराहामा ठेउलाको प्रकोप

उनले भने, 'एकै परिवारका ४ देखि ५ जना सम्ममा यो रोग देखा परेको छ। स्वास्थ चौकीमा दैनिक ५/६ जना दादुराका बिरामी उपचारका लागि आइरहेको पनि उनले बताए।

दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए।  सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो ।

बागलुङमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिए

ओखलढुङ्गा घर भइ हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलबार साँझ बेपत्ता भएका थिए । उनलाई प्रहरीले पूर्वखोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

आज देशका यी स्थानमा चट्याङ्ग र हुरीसहित भारी वर्षा

आज राती पनि देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

गायक तथा कलाकार रोविन तामाङको निधन

उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।

मनोरञ्जन शुल्क ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन

महानगरभित्र रहेका १७ चलचित्र भवनलाई मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गरेको भए तीन दिनभित्र त्यसमा पहुँच दिन र डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ ।

गोरखामा धनसार भत्किँदा दुई जनाको मृत्यु

बिहान स्थानीय जगतबहादुर बरामको बनाउँदै गरेको धनसार भत्किएर गम्भीर घाइते भएका ६५ वर्षीय रामकृष्ण बरामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

बजारमा मल अभाव

दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन  र डिएपी एक लाख मेट्रिक टन  आयात गरिसकेको छ। तर पोटास मल भने हालसम्म आयात गर्न सकेको छैन।

नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली

प्रवक्ता निरौलाले भने, 'अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी लिन थप सहज हुने छ ।'

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.