बजारमा नेपाली आँपकै एकछत्र राज

जातअनुसार केही आँप अलि महँगो र केही आँप अली सस्तोमा बिक्री हुन्छ । सबैभन्दा बढी माग र बिक्री हुने आँप मालदह हो । यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा बिक्री भइरहेको छ  । दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत बिक्री भइरहेको छ ।

काठ क्षेत्रका सडकको दुरावस्था

उक्त सडकको केही भागमा असारको अन्त्यतिर पर्खाल लगाउन लागेको देखिए पनि सडकमा जमेको पोखरीको समस्या उस्तै रहेको स्थानीयवासी नमिता राई बताउँछन्।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई दोस्रो स्पष्टीकरण

महानिर्देशक अधिकारीलाई पहिलो स्पष्टीकरणमा ९ बुँदे प्रश्न सोधिएको थियो । महानिर्देशक अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको भन्दै स्पष्टीकरण नदिने अडान लिएका थिए।

२७ हजार बढीको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु

तथ्यांक अनुसार विश्वमा करिब ८० लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको कारण हुने गर्दछ ।  सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न रोगको महामारीबाट हरेक वर्ष मृत्यु हुने ८० लाख मध्ये करिव १२ लाख जतिले धुम्रपान सेवन नगरेपनि अरुले गरेको धुम्रपानको धुवाँको असरबाट मृत्यु हुने गरेको प्राध्यापक श्याम लम्सालले बताए ।

राष्ट्रिय सभा बैठकमा आज पनि एमालेको अवरोध

आजको बैठकमा  विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो । एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्‍याएको बताए ।

कोसीमा सभामुखको प्रयोग : सत्ता स्वार्थभित्रको बलमिच्याइँ

विराटनगर : नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बन्दै ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र…

आदिबासी युवामाथि पिसाब गरेको प्रकरण : मध्यप्रदेशका मुख्यमन्त्रीले पीडितको खुट्टा धोएर माफी मागे

यस्तो अवस्थामा शिवराज सिंह चौहानले बिहीबार बिहान भोपालमा आदिवासी युवा दशरतलाई भेटेका हुन्। शिवराज सिंहले दशरतलाई खुट्टा धोएर, माला र खादा लगाउँदै माफी मागेका हुन्। मुख्यमन्त्री सिंहले उक्त कुराको जानकारी सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

कास्कीमा पहिराले दुई परिवार विस्थापित, चार घर जोखिममा

कास्की : कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापि…

दक्षिण अफ्रिकामा ग्यास लिक भएर १६ जनाको मृत्यु

मृत्यु हुनेमा बालबालिका र महिला रहेका स्थानीय अधिकारीहरुले बताएका छन्। नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

पाल्पाको रिब्दिकोटमा गोरु पाल्ने किसानलाई प्रोत्साहन भक्ता

पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भक्ता दिने भएको छ।

नेपालगञ्जको कारागारमा कैदीद्वारा आत्महत्या

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए। मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

आज वर्षकै लामो दिन, गर्मी अत्यधिक बढ्ने

जुलाइ ६ मा अर्थात आषाढ २१ गते पृथ्वी सूर्यबाट सबभन्दा टाढा पुग्ने भएकोले यो दिन वर्षकै सबभन्दा लामो  दिन हुने शिक्षा,  वि.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति कीर्तिपुरले जानकारी दिएको हो।

प्रधानमन्त्रीको राजीनामा माग्नु स्टन्डबाजी हो : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद अवरुद्ध गरेर प्रमुख प्रतिपक्षी दल न…

श्रीलङ्काको जलक्षेत्रबाट पक्राउ परेका २२ भारतीय मछुवालाई रिहा गर्न अदालतको आदेश

श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले गत जुन २२ मा चार वटा भारतीय डुङ्गा नियन्त्रणमा लिएको थियो भने २२ जनालाई पक्राउ गरेको थियो ।

युक्रेनद्वारा डोनेट्स्कमा भीषण आक्रमण

रुसी अधिकारीहरूका अनुसार युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित ४१ जना घाइते भएका छन् । युक्रेनको सेनाले माकिभकामा रहेको रुसी सेनाको एउटा संरचनालाई पनि ध्वस्त पारेको छ । युक्रेनी सेनाले आवासीय क्षेत्र र माकिभकाको अस्पताल परिसरमा पनि भीषण आक्रमण गरेको छ ।

नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

नेपालको आर्थिक सम्भावना एवं वैदेशिक लगानीका अवसर र वातावरणका बारेमा चर्चा गर्दै राजदूत लम्सालले आवश्यक सहयोग, सहजीकरण र समन्वयका लागि दूतावास तत्पर रहेको बताए।

लुम्बिनी प्रदेशको बजेट पारित

अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।

बाँकेमा पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

कोशी प्रदेशमा सडक दुर्घटना बढ्दो

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार गएको चार वर्ष अवधिमा वार्षिक ८० प्रतिशत सवारी दुर्घटना भएका छन् । त्यसमा २६ दशमलव ६४ प्रतिशत मानिसको मृत्युदर बढेर गएको कार्यालयले जनाएको छ ।

राज्यको बागडोर घुमिफिरी  हाम्रै भागमा आएको अरुलाई पचेन : प्रधानमन्त्री

माओबादी आन्दोलनलाई असफल बनाउन प्रतिकृयाबादीहरुले षड्न्त्र गरेको उनले बताए। ' हेर्दै जानुहोला माओबादी शक्तिहरु अब एकै ठाउँमा आउँछन्।  हिजो लडाइँको बेला हामीलाई सखाप पार्ने रणनीति बनाइएको थियो। हामीले घेरा तोड्दै गयौं ’, उनले भने।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.