सडक बन्द गराउँदै शीर्ष नेता (फोटो फिचर)

सडक बन्द गराउँदै शीर्ष नेता (फोटो फिचर)

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहानैदेखि प्रदर्शन चर्काएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदोबाटो, र माधवकुमार नेपाल कोटेश्वर क्षेत्रमा सहभागी भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दुवै नेता आम हड्ताल सफल पार्न सडक बन्द गराउँदै हिँडेका हुन्। उनीहरुसँगसँगै नेकपाका नेताहरु उपत्यकासहित देशभर आमहड्ताल सफल पार्न हिँडेका छन् । 

बिहीबार बिहानै सातदोबाटो पुगेका प्रचण्डले संविधानको रक्षाका लागि आम हड्ताल गरेर सडक बन्द गराउँदै हिँड्नु परेको स्वीकार गरेका छन् । ‘यो प्रतिगमनविरुद्धको लडाइँ हो । जबरजस्ती लगेर संवैधानिक निकायमा नियुक्ति गरियो । यसले प्रतिगमनको उग्र रुप देखिएको छ’, प्रचण्डले भने, ‘नेपाली जनता केही अप्ठेरो भए पनि आन्दोलनमा लाग्छन् ।’

बिहीबार बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो। आगजनीबाट ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ।

यसैबीच बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य शाक्य, हितमान शाक्य, अमृता थापा लगायतका नेता पक्राउ परेका छन् । बिहीबार बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा छन्। उपत्यका विभिन्न चोकमा नेकपाका शीर्ष नेताको नेतृत्वमा प्रदर्शन भइराखेका छन् । 

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडकमा पुगेको छ । अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटनको विरोधमा सडक आन्दोलन चर्काएको हो । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड नेपाल समूहले सरकारको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको हो ।  

तस्बिर : विकास कार्की, सुनिता डंगोल, दिपेन श्रेष्ठ र अशोक दुलाल

 



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.