यसरी झिलिमिली बन्दैछ जानकी मन्दिर

यसरी झिलिमिली बन्दैछ जानकी मन्दिर

जनकपुरधाम : जनकपुरस्थित जानकी मन्दिरलाई पाँच करोडको लगानीमा विद्युतीकरण गरिने भएको छ । आधुनिकरुपमा मन्दिरको सौन्दर्यलाई अझ बढाउनका लागि गैर आवासीय नेपाली संघको आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर विद्युतीकरण गर्ने सम्झौता गरिएको हो ।

 सोमबार गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर छुट गुठीकोतर्फबाट छोटे महन्थ रामरोशन दासले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा. उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको रोहवरमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । 

मन्दिर परिसरलाई अत्याधुनिक विद्युतीय प्रकाशमार्फत प्रज्जवलीत गर्नका लागि उज्यालो नेपाल अभियानबाट निर्मित कम खपतमा बल्न सक्ने एलईडी चीमको प्रयोग गरिने छ । मन्दिरको सौन्दर्यीकरणलाई अझ बढी उपयोगी बनाउन सौर्य उर्जाको प्रयोग गरिने योजना रहेको एनआरएनका अध्यक्ष भट्टले जानकारी दिए ।

मन्दिरको ऐतिहासिक र मौलिक भौतिक संरचनामा कुनै परिवर्तन नगरी विद्युतीकरणको कार्य गरिने छ ।  विद्युतीकरणमा लाग्ने तार, उपकरण, बत्ति आदिको जडानको खर्च एनआरएनले व्यहोर्नेे छ । यस वर्षको विवाहपञ्चमी महोत्सव अगावै विद्युतीकरणको कार्य सम्पन्न गरी मन्दिरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको अध्यक्ष भट्टले बताए । 

जनकपुर मात्र नभई नेपालकै नाम विश्वस्तरमा चिनाउने एउटा थलो जानकी मन्दिर भएको हुनाले यसको सौन्दर्यीकरणका लागि विद्युतीकरणको योजना आउँदा जनकपुरबासी खुशी भएको छोटे महन्थ रामरोशन दासले बताए । उनले भने, ‘यो विद्युतीकरणको डिजाईन हेर्दा मन्दिर महल जस्तै देखिने भएको छ ।’,

विश्वमै रहेका नेपालीले आफ्नो कमाइबाट दिएको सहयोगले बन्न लागेको यो योजनालाई संरक्षण गर्ने दायित्व स्थानीय तह र प्रदेश सरकारले पूर्णरुपमा बहन गर्नु पर्ने महन्थ दासको भनाइ छ । उनी भन्छन्, ‘जनकपुरमा भएका अधिकांश मठ मन्दिरको भवन, धर्मशाला, विद्यालय र अस्पताल दातालेनै बनाई दिएका छन् । नेपाल सरकारको यहाँ ठूलो लगानीका भौतिक संरचना छैनन् । तर, हामीलाई अरुले बनाइदिएपछि सम्पदाको संरक्षण कम्तीमा पनि हामीले गर्नु पर्दछ ।’ 

आफ्नो देश आफैंले बनाउनु पर्दछ भन्ने भावनाको विकास भएमात्र देशको सम्वृद्धि हुन सक्ने गैरआवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो बताउँछन् । महतोले भने,‘जनकपुरलाई विकासको मोडेलको रुपमा स्थापित गर्ने दायित्व हामी जनकपुरवासीको छ । अरुले आएर केही गरिदिए मात्र विकास हुन्छ भनेर सोच्नु मुर्खता मात्र हो ।’

गैरआवासीय संघबाट भइरहेको यस विद्युतीकरणको योजनाका साथै यसको सौन्दर्यीकरणका लागि सबै स्थानीयवासी प्रतिबद्ध हुनु आवश्यक  भएको उनले बताए । 
ई.सं.१९१० मा भारतको टिकमढकी रानी वृषभाणु कुवरीले जानकी मन्दिरको निर्माण गराएकी थिइन् । उक्त समयमा यस मन्दिरको निर्माणमा ९ लाख रुपैंया भारतीय रुपैयाँ खर्च भएको थियो  । सोही कारणले यस मन्दिरलाई नौं लख्खा मन्दिर पनि भन्ने गरिन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.