दिलबहादुरलाई छुटाउन मलेसियामा सहयोग संकलन

दिलबहादुरलाई छुटाउन मलेसियामा सहयोग संकलन

(लिबाङ) रोल्पा: साउदी अरब जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीलाई जेलमुक्त गर्न मलेसियामा रहेका रोल्पाली युवाले ‘ब्लडमनि’ तिर्न रकम संकलन अभियान सम्पन्न गरेका छन् । 

दिलबहादुर बचाउ अभियान मूलसमितिका सदस्य रुपधन घर्तीमगरको अगुवाईमा मलेसियामा रोजगाररत नेपाली युवाले रकम संकलन गरेका हुन् । अभियानबाट संकलित ६ लाख ७५ हजार ९ सय ६३ रकम जम्मा गरेका हुन् । संकलित सबै रकम नेपाल पठाईएको छ ।

रोल्पा नगरपालिका-१० धबाङ पेवागाउँका ३१ वर्षीय दिलबहादुर दुईवर्षदेखि साउदी जेलमा छन् ।  काठमाडौमा रहेको डेस्टिनी ओभरसिज प्रालि मार्फत दिलबहादुर साउदी पुगेका थिए । 

एक्साभेटर चालकको भिसामा साउदी पुगेका दिलबहादुरलाई ‘माजिद अल दियावाही कन्सट्रक्सन इस्ट रियाद’ ले ट्रक चलाउन लगाएको थियो ।

एक लाख ४५ हजार मेनपावरलाई वुझाएर साउदी उडेका दिलबहादुरले चलाएको ट्रकले साउदी नागरिक ओतिन विन दिगफाको मृत्यु भएको थियो । २०७३ जेठ ३१ गते उक्त दुर्घटना भएको साउदी स्थित नेपाली दुतावासले जनाएको छ ।

उक्त घटनापश्चात दिलबहादुरलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो । रियाद स्थित स्थानीय अदालतले दुर्घटनामा ७५ प्रतिशत उनको गल्तीले साउदी नागरिकको ज्यान गएको पैmसला गरेको थियो । 

पीडित परिवारलाई २ लाख २५ हजार साउदी रियाल (नेपाली करिब ६५ लाख) ब्लडमनी दिएमा जेलमुक्त हुने बतायो । घरमा पत्नी मनिका र साना एक छोरी र छोरा मात्र छन् । विपन्न आर्थिक अवस्थाका पत्नी मनिकाले सहयोग गर्न अपिल गरेकी थिइन् । उनीहरुको पीडा संचारमाध्यममा सार्वजनिक भएपछि ब्लडमनि संकलन गर्ने मनकारी समूह र व्यक्ति सक्रिय भएका हुन् ।

नेपालमा उपराष्ट्रपति पुत्र दिपेश पुनको संयोजकत्वमा दिलबहादुर बचाउ अभियान मूल समिति नै वनेको छ । समितिले ब्लडमनी तिर्न आर्थिक सहयोग जुटाइरहेको छ । 

विभिन्न देशमा पुगेका रोल्पाली युवाहरुले स्वतःस्फूर्त रकम संकलन गरिरहेका छन् । आफु जस्तै कमाउन साउदी पुगेका युवा ब्लडमनि तिर्न नसकेर जेलमै सडिरहेको खबरले मलेसियामा रहेका युवा स्तब्ध वनेको मलेसियमै रहेका कोर्चाबाङ बजबाङका युवा रामप्रसाद पुन बताउँछन् । 

‘ब्लडमनी तिर्न सघाउ पुगोस भनेर हामीले पनि मुल समितिका सदस्य रुपधन घर्तीमगरको अगुवाईमा मलेसियमा रकम संकलन अभियान चलायौं', पुन भन्छन्, ‘रकम संकलन गर्ने अभियान सम्पन्न गरेरपनि आईएमई मार्पmत दिलबहादुर कि पत्नी मनिकाको खातामा रकम नेपाल पठाइसकियो ।’

मलेसियमा रकम संकलन गर्ने अभियान सम्पन्न भईसकेको मलेसियामै रोजगार युवा रुपधनले बताए । रोल्पाबाट र नेपालका अन्य जिल्लाबाट रोजगारीका लागि मलेसियामा रहेका युवाले मलेसिया मुद्रा आरएम सहयोग दिएका हुन् । 

राजबहादुर बुढामगरबाट १ हजार १ सय ५२, चन्द्र घर्तीमगरबाट ९ सय ६६, रुपधन घर्तीमगरबाट २ हजार ६ सय ५२, पृथ्वीप्रसाद रानामगरबाट ४ हजार ७ सय, सुर्यबहादुर घर्तीमगरबाट ३ हजार ६ सय २८, शान्तराज बुढामगरबाट १ हजार २ सय, गोविन्द महरा क्षेत्रीबाट ३ हजार ७, रामप्रसाद पुनमगर १ हजार ५ सय १०, प्रकाश पुनमगर ४ सय, प्रतब घर्तीमगरबाट ३ सय २०, अर्जुन घर्तीमगरबाट २ हजार ५ सय ५९ र अमृत डाँगीबाट १ हजार १५ आरएम संकलन भएको हो । अभियान आरम्भ गर्दा २ हजार २ सय ३ जम्मा गरिएको थियो । 

अभियन्ता रुपधनका अनुसार संकलित सहयोग विभिन्न मितिमा नेपाल पठाईसकिएको छ । मलेसियामा रहेकोे आईएमई केएलले सहयोग निःशुल्क नेपाल पठाइदिएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.