फोकल्यान्ड डिस्कोर्स

फोकल्यान्ड डिस्कोर्स

कलिलो उमेरमै फोकल्यान्ड युद्धको चपेटामा परेका गणेश राईले किताबमा फोकल्यान्ड घटनालाई रोचक तरिकाले लेखेका छन्।


बेलायतीहरूको साम्राज्य विस्तारको अभियानबाट परोक्ष रूपले नेपाल पनि अछूतो रहेन। भौगोलिक रूपमै नेपाल शासित र अतिक्रमित नभए पनि नेपालका शासकहरूले अंग्रेजको चाकडीस्वरूप नेपालका युवा विशेषगरी मंगोलियन युवालाई ब्रिटिस सेनामा भर्ती गराएर साम्राज्यवादी परियोजनाअन्तर्गत संसारका विभिन्न ठाउँमा भएका त्रासद युद्धमा होम्ने वातावरण सिर्जना गरे। यसै क्रममा पूर्वी पहाडको खोटाङ जिल्लामा जन्मिएका गणेश राई पनि बेलायती सेनामा भर्ती भएर सन् १९८२ मा फोकल्यान्डमा युद्ध लड्न पुगे। ल्याटिन अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपेली राष्ट्र बेलायतका बीचमा फोकल्यान्ड युद्ध चलेको थियो।

जम्मा ७४ दिन चलेको लडाइँमा ब्रिटिस गोर्खा सैनिकले बहादुरी र इमानदारितापूर्वक युद्धका स्थापित अन्तर्राष्ट्रिय मान्यतालाई हुबहु अवलम्बन गर्दै अर्जेन्टिनी सेनालाई पराजित गर्न महŒवपूर्ण भूमिका खेल्यो। जुन सत्यलाई बेलायती सरकार र जनताले अहिलेसम्म पनि आत्मसात् गरिआएका छन्। अर्कोतिर युद्धको समाप्तिपछि गोर्खा सैनिकका विषयमा अतिरञ्जित र कतिपय मनगढन्ते समाचार मात्र आएनन् कि चेतनप्रवाह शैली र जादुमय यथार्थ शैलीका विश्वविख्यात लेखक माक्र्वेजले समेत ब्रिटिस गोर्खा सैनिकका बारेमा अपमानजनक र तथ्यविरोधी कुरो लेखेको पृष्ठभूमिमा लेखक गणेश राईले ‘फोकल्यान्ड जर्नल’ (२०७४) पुस्तक लेखेका छन्। पक्षपातपूर्ण र पूर्वाग्रहयुक्त डिस्कोर्सलाई प्रतिवाद गर्नका लागि काउन्टर डिस्कोर्सको रूपमा यो पुस्तक आएको छ।

करिब २०÷२१ वर्षको कलिलो अविवाहित उमेरमै फोकल्यान्ड युद्धको चपेटामा परेका गणेश राईले यो पुस्तकमा दैनन्दिनका घटनाको रूपमा विषयवस्तुलाई रोचक तरिकाले प्रस्तुत गरेका छन्। सुरुमा ग्वाटेमाला र बेलिजबीचको सीमा निगरानीमा खटिएका उनी आफ्नो पल्टनसहित फोकल्यान्ड युद्धमा पठाइन्छन्। युद्ध मैदानको अग्रिम मोर्चामा संलग्न उनले मृत्युलाई एकदमै नजिकबाट साक्षात्कार गरेका केही भयानक क्षणहरूको चित्रण गरेका छन्।

डायरी फम्र्याटमा लेखिएको किताबमा लेखकले मात्र युद्ध, रक्तपात र त्यसका बीभत्स पहेँलीको वर्णन गरेका छैनन्। उनले प्रेम, यौनकुण्ठा, दाम्पत्य जीवनको मीठो कल्पना, दुर्गम गाउँमा रहेको आफ्नो परिवार, बाल्यकालमै भोग्नुपरेको मातृवियोगको पीडा, डिस्कोमा बिताएका रोमाञ्चकारी क्षण, नोकरीमा वरिष्ठले कनिष्ठलाई गर्ने अवहेलना, युद्धविजेताको रूपमा छातीमा मेडल लगाएर लन्डन सहरको सडकमा ‘मार्चपास्ट’ गर्दाको गर्वबोधजस्ता विषयवस्तु पनि समेटेका छन्। युद्धमा अकाल मारिएका सैनिकबारे उनको भावुकता धेरै ठाउँमा पोखिएको छ, चाहे त्यो सैनिक दुश्मन पक्षकै किन नहोस्।

बेलायती मूलका मानिस बसोबास गर्दै आएको फोकल्यान्डमा अर्जेन्टिनी शासक लियोपोल्डो ग्याल्टेरीले कब्जा गर्ने नियतसहित आक्रमण गरेपछि जल, स्थल तथा हवाई तीनै तहमा युद्ध चर्केको विषयलाई लेखकले गम्भीर रूपमा उल्लेख गरेका छन्। १५ घन्टाको रात र नौ घन्टाको दिन हुने फोकल्यान्डको प्रतिकूल मौसममा कैयौंपटक युद्ध विभिषिकाभित्र आफ्नो ज्यान माया मारेको घटना उनले लेखेका छन्। २१ दिन, २१ रात पानीजहाजबाट समुद्रयात्रा गरेपछि मात्र फोकल्यान्ड पुगेको कुरा लेखकले आफ्नो पिताजीलाई लेखेको चिठीमा उल्लेख गरेका छन्।

बेलायतबाट आठ हजार माइल टाढा रहेको फोकल्यान्ड टापुमाथि ब्रिटिस गोर्खासहितको बेलायती सेनाले शत्रुलाई हराएर आफ्नो अधिकार स्थापित गरेको विषयलाई लेखक गणेश राईले सरल र बोधगम्य भाषामा व्यक्त गरेका छन्। सैनिक पेसाभित्रका कतिपय पारिभाषिक शब्दावलीहरू भने सामान्य पाठकका निम्ति जटिल लाग्छन्।

फोकल्यान्ड युद्धक्रममा एकातिर बेलायतले गोर्खा सैनिकको साहसी छविलाई अन्यायोचित तरिकाले ‘क्यास’ गरेको थियो भने अर्कोतर्पm युद्धपश्चात् पराजित पक्षले गोर्खा पल्टनको बारेमा अनर्गल, झुटो र कपोलकल्पित कुराहरू बोलेको र लेखेको सन्दर्भमा ती गलत संकथनहरूलाई प्रतिवाद गर्नका निम्ति लेखकले यो पुस्तक लेखेका हुन्। आपैंm सहभागी भएको युद्धको बारेमा आफ्ना अनुभूति र आपैंmले भोगेका तथ्यहरूको प्रस्तुतिले पुस्तकलाई विश्वसनीय र वजनदार बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.