आमाको कोखमा नौ महिना बसी
धर्तीको दर्शन मेरी आमै धर्तीको दर्शन
परिवार हर्षमा मेरी आमै परिवार हर्षमा
जन्म नि दिएर आमाले आज
हुर्काइन् बढाइन् मेरी आमै हुर्काइन् बढाइन
ठूलो है मानिस बनाउँला भनी
पाठशाला पठाइन् मेरी आमै पाठशाला पठाइनछोरा र छोरी नि एकै हुन् भनी
अक्षर चिनाई मेरी आमै अक्षर चिनाई
सधैं र काम जहाँ गए पनि
दोहोर्याउँदै हिँडाइ मेरी आमै दोहोर्याउँदै हिँडाइ
सन्तानका लागि नि पीडा है खपी
दस नंग्रा खियाउँदै मेरी आमै दस नंग्रा खियाउँदै
भोकमा खान नि तिर्खामा पानी
तिनैलाई पियाउँदै मेरी आमै तिनैलाई पियाउँदै
आमाका साथमा पढे लेखेर
ठूला नि भैगए मेरी आमै ठूला नि भैगए
समुद्रै पारि नि अर्काकै देशमा
छोडेर गैगए मेरी आमै छोडेर गैगए ।
प्रतिक्रिया दिनुहोस !