सरकार तस्करको घेराबन्दीमा फस्यो : डा. सशांक

सरकार तस्करको घेराबन्दीमा फस्यो : डा. सशांक

स्याङ्जा : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले समाज रुपान्तरणको कडी बन्न चाहेको बताए। वीपीका अधुरा सपना पूरा गर्न र नेपाली कांग्रेसको नीति र सिद्धान्त बमोजिम समाज रुपान्तरणको अभियानमा जुटेकोमा जोड दिए। 'वीपी बाबुले प्रधानमन्त्री बनेर घर बनाउने र सुखसयल जीवन जीउने सपना देख्नु भएको थिएन, सबै नेपालीको घर देख्न चाहनुहुन्थ्यो, कोइरालाले भने,' वीपीको असल अनुयायी हुँ। पार्टी सभापति र प्रधानमन्त्री बन्ने चाहना गौण हो।'

चापाकोट नगरपालिका- ९ सुन्तलीटारस्थित चापाकोट अस्पतालको मंगलबार उद्घाटन गर्दै महामन्त्री कोइरालाले पार्टीबीचको एकता नै बिजयको आधार भएको बताए। पाटीबीचको गुट र उपगुटका कारण वामपन्थीले बहुमत ल्याए पनि वर्तमान सरकारले ठोस योजना ल्याउन नसकेको महामन्त्री कोइरालाको भनाई छ। कांग्रेसलाई गुटरहित बनाउन प्रतिबद्ध रहेको समेत कोइरालाले बताए।

'बहुमत प्राप्त सरकारले ८ महिना पुग्दा पनि नागरिककले महसुस गर्नेगरी राहतका कार्यक्रम आएनन्, उनले भने, 'सम्मृद्ध नेपाल, सुखी नेपालीको सपना देखाउने सरकारले नागरिकले धान्नै नसक्नेगरी कर र महंगी उपहार दिएको छ।' 'बढ्दो बलाकार, हिंसा, महंगी, र कर सरकारका नारा भएको छ।'

डा. कोइरालाले विमान खरिदमा भ्रष्टाचार, निजगढ विमानस्थलको वन फडानी, बाण्डबढी विमान प्रकरण, निर्मला पन्तका हत्या प्रकरण, ३३ किलो सुनलगायतका मुद्धामा केपी नेतृत्वको सरकार तस्करको घेराबन्दीमा फसेको बताए।
 
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ्ले बुढीगण्डकी आयोजना निर्माणको काम कालोसूचीमा सूचिकृत कम्पनीलाई हस्तान्तरण गरेर सरकारले राष्ट्रघात गरेको बताए। उत्पादन बढाउने तर्फ भन्दा ठूला कुरा गरेर मुलुकलाई अधोगतीतर्फ धकेलेको गुरुङ्को आरोप छ।

२०३० सालमा स्वास्थ्य चौकीका रुपमा स्थापित अस्पताल ३ वर्षअघि स्तरोन्नती भई अस्पतालका रुपमा विकसित भएको चापाकोट नगर प्रमुख शिव गिरीले जानकारी दिए।अस्पतालमा चापाकोट, वालिङ्, गल्याङ् र पाल्पा रामपुर नगरपालिका सर्वसधारणले दैनिक सेवा लिँदै आएका छन् ।

दैनिक रुपमा ६० जनासम्मले स्वास्थ्य उपचार लिँदै आएको डा. विकास गुरुङ्ले जानकारी दिए। अस्पतालबाट ओपीडी, ल्याव परीक्षण, भीडीयो एक्सरेलगायतका सेवा उपलब्ध गराउँदै आएको छ। 

करिब ३ करोडको लागतमा निर्मित अस्पतालले स्तरीय सेवा संचालन गर्दै आएको छ।अस्पतालले न्यूनतम शुल्कमा अधिकतम सेवा उपलब्ध गराउँदै आएको र चापाकोट सेरोफेरोलाई लक्षित गर्दे एक सय सैयाको नमूना अस्पताल निर्माण गरिने लक्ष्य रहेको नगरप्रमुख गिरीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.