३० क्विन्टल दाल बरामद

३० क्विन्टल दाल बरामद

भैरहवा : रुपन्देहीको पश्चिमी दक्षिणी क्षेत्र मर्चवारबाट तस्करी गर्न लगिएको ३० क्विन्टल केराउको दाल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाको निर्देशन र डीएसपी कुमोद ढुङ्गेलको विशेष सुराकीको आधारमा उक्त परिमाण बराबरको दाल बरामद भएको हो।

मर्चवार क्षेत्रको मर्चवार गाउँपालिका- ६ बैरिहवाबाट तस्करी गर्नका लागि बेवारिसे अवस्थामा गाडीमा राखिएको उक्त परिमाण बराबरको दाल बरामद भएको इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी नायब निरीक्षक जीवन सुनारीले जानकारी दिए। उनका अनुसार ६० बोरामा ३० क्विन्टल दाल लोड रहेको लु १ ज २३४७ नम्बरको बोलेरो नामक गाडी समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार बरामद दालको मूल्य १ लाख २० हजार बराबरको रहेको छ। बरामद दाल भैरहवा भन्सार कार्यालयमा पठाउने तयारी थालिएको प्रहरी नायब निरीक्षक सुनारीले बताए। मर्चवारको मझगावा क्षेत्रबाट विभिन्न वस्तुको तस्करी हुँदै आएकोमा प्रहरीले कडा निगरानी बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.