रुपन्देहीको दशगजामा नेपाल–भारत संयुक्त गस्ती

रुपन्देहीको दशगजामा नेपाल–भारत संयुक्त गस्ती

भैरहवा : रुपन्देही अन्र्तगत नेपाल–भारत सीमानाकामा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती थालेका छन् । सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रण, मिचिएको सीमाक्षेत्र बढेको तनावलाई कम गर्दै सम्बन्ध प्रगाढ बनाउन नेपाल–भारतका सीमा सुरक्षाकर्मीहरुले संयुक्त गस्ती थालेका हुन् ।

रुपन्देही अन्तर्गत धकधई, मर्चवार, भैरहवा र लुम्बिनी क्षेत्रको दशगजामा संयुक्त रुपमा दुवै देशका सुरक्षाकर्मीहरु गस्ती गरिरहेका छन् । नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) ले रुपन्देहीका सीमानाकामा संयुक्त गस्ती जारी राखेको सस्शत्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पजरकट्टीका सस्शत्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतले जानकारी दिए ।

‘सीमामा संयुक्त गस्ती गर्दा अपराधमा कमी आउनुका साथै दुवै देशका सुरक्षाकर्मीबीच सम्बन्धसमेत मजबुद हुन्छ’, उनले भने । सीमामा संयुक्त गस्तीका क्रममा रोहिणी गाउँपालिका–७ मनोहरापुरस्थित स्तम्भ नं २०/५१४ देखि २१/५१५ को अनुगमन गरिएको थियो ।

नेपालतर्फबाट सस्शत्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट सस्शत्र प्रहरी नायव निरीक्षक डिलबहादुर घर्ती मगरको कमाण्डमा खटिएको ११ जना र भारतीय सीमा सुरक्षा बल २२ बटालियन कम्पनी (ए) बर्डर आउट पोष्ट भगवानपुरबाट प्रहरी नायव निरीक्षक प्रथम सिंहको कमाण्डमा ६ जनासहित १७ जनाको संयुक्त टोलीले गस्ती गरेको हो । 

सस्शत्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पजरकट्टी अन्र्तगत पिलर नम्बर ५१० देखि ५१६ पर्ने भएकोले सबै पिलरको अनुगमन गरिने सस्शत्र प्रहरी निरीक्षक बस्नेतले बताए । संयुक्त अनुगमनले चोरी निकासीको घटना कम हुनुको साथै दुवै देशका जनतामा सुरक्षाको प्रत्याभुति भएको प्रहरीको भनाई छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.