दशगजामा नेपाल र भारतको संयुक्त गस्ती

दशगजामा नेपाल र भारतको संयुक्त गस्ती

भैरहवा : रुपन्देहीमा पर्ने नेपाल भारतको सीमामा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती थालेका छन्।

चोरी, तस्करी नियन्त्रण र सीमा क्षेत्र मिचिएको विषयलाई मध्यनगर गर्दै नेपाल भारत दुवै देशका सीमा सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका हुन्। 

रुपन्देही अन्र्तगत धकधई, मर्चवार, भैरहवा र लुम्बिनी क्षेत्रको दशगजामा संयुक्त रुपमा दुवै देशका सुरक्षाकर्मी गस्ती गरिरहेका छन्।

नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलले रुपन्देही अन्र्तगतका सीमानाकामा संयुक्त गस्ती सुरु गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पजरकट्टिका प्रहरी निरीक्षक ताम्रजंग बस्नेतले जानकारी दिए।

सीमामा संयुक्त रुपमा गस्ती गर्दा सीमाबाट हुने अपराधमा कमी आउनुका साथै दुवै देशका सुरक्षाकर्मीबीच आपसी सम्बन्ध राम्रो हुने उनले बताए।

सीमामा संयुक्त गस्ती स्वरुप रोहिणी गाउँपालिका ७ मनोहरापुर स्थित स्तम्भ नम्बर २०-५१४ देखी २१-५१५ को अनुगमन भएको छ।

नेपाल तर्फबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट प्रहरी नायब निरीक्षक डिलबहादुर घर्ती मगरको कमाण्डमा खटिएको ११ जना र भारतीय सीमा सुरक्षा बल २२ बटालियन कम्पनी (ए) बोर्डर आउट पोष्ट भगवानपुरबाट प्रहरी नायब निरीक्षक प्रथम सिंहको कमाण्डमा ६ जना संयुक्त गस्तीमा सहभागी छन्। 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पजरकट्टी अन्र्तगत पिलर नम्बर ५१० देखी ५१६ पर्ने भएकाले सबै पिलरको अनुगमन गर्ने प्रहरी निरीक्षक बस्नेतले बताए। संयुक्त अनुगमनले चोरी निकासीको घटना कम हुनुको साथै दुवै देशका जनतामा सुरक्षाको समेत प्रत्याभूति भएको प्रहरीको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.