हाम्रा लागि यो अवसर अग्नि परीक्षा हो : प्रचण्ड

हाम्रा लागि यो अवसर अग्नि परीक्षा हो : प्रचण्ड

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासले अहिलेको नेतृत्वलाई अग्नि परीक्षामा लिएको बताएका छन् ।  नेपाल शिक्षक माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

‘हामीले समस्याको समाधान गरेर संविधानको परिकल्पना अनुसार देशलाई समृद्धिको एउटा नयाँ यात्रा हुँदै समाजवाद उन्मुख राज्य तिर लैजान सक्ने कि नसक्ने भन्ने प्रश्न अगाडि छ’ प्रचण्डले भने । 

उनले आफूहरुलाई शिक्षामा देखिएका सबै प्रकारका समस्याको समाधान गर्ने अवसर प्राप्त रहेको बताउँदै सो अवसर नेपालले धेरै लामो संघर्ष र बलिदानपछि प्राप्त गरेको उल्लेख गरे । 

‘यति बेला थाती रहेका समस्याको समाधान भएनन् भने कहिले हुन्छन् भन्ने एउटा डरलाग्दो चित्र आउँछ । यो समस्याको समाधान हामीले पनि गरेनौं भने कसले गर्छ’, उनले भने, ‘यसको कल्पना पनि गर्न सकिन्न ।’

शिक्षकका समस्याको समाधान गर्न आफू प्रधानमन्त्री र शिक्षामन्त्रीसँग छलफल गर्ने उनको भनाइ छ । अध्यक्षले विकसित भनिने राष्ट्रले पनि शिक्षालाई नै उच्च प्राथमिकतामा राखेको बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.