दुर्घटनामा युवतीको मृत्यु, चालक गम्भीर घाइते
ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते छन् ।
दुर्घटनामा देउमाई नगरपालिका–१ की २२ वर्षीया सिर्जना गुरुङको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक अमिर वर्देवा घाइते भएका हुन् । पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङ निवासी अमिरको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
जिल्लाप्रहरी कार्यालय ताप्लेजुङका अनुसार मंगलबार दिउसो ना २१ प ५६२८ को मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो । फुङलिङ बजारस्थितमालपोत कार्यलयबाट मेची राजमार्गतर्फ जाने क्रममा ना. २१. प. ५६२८ को मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो ।
मृतक गुरुङ सिंचाई कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक थिइन् भने वर्देवा नृत्य प्रशीक्षक हुन् । तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सञ्जयसिंह थापाले बताए ।