रुपन्देहीको महोत्सवमा दुई करोडको कारोबार
भैरहवा : रुपन्देहीको ग्रामीण क्षेत्रमा पहिलो पटक आयोजित कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्द्धन महोत्सवमा दुई करोडको कारोबार भएको छ।
ओमसतिया गाउँपालिका ६ नरैनापुरमा कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्द्धनका लागि ९ दिनसम्म संचालित महोत्सवमा दुई लाख बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ।
ओमसतिया गाउँपालिकाभित्र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेल मैदान, सभाहल तथा रामजानकी मन्दिर निर्माण गर्ने तथा गाउँपालिकाको खेलकुद, कला संस्कृति एवं कृषिको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव सफलतापूर्वक सम्पन्न भएको संयोजक शिव कुमार धवलले बताए।
महोत्सव अवधि भर ग्रामीण क्षेत्र मात्र नभई भैरहवा, बुटवल, सुनवल, खैरहनी लगायत भारत विभिन्न भागबाट दर्शकहरुको ओइरो लागेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
३