के होला प्रदेश ५ को नाम? सुरु भयो सुझाव संकलन

के होला प्रदेश ५ को नाम? सुरु भयो सुझाव संकलन

भैरहवा : प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको एक वर्ष बित्दा पनि प्रदेश नम्बर ५ को नाम र राजधानीको टुंगो नलागेपछि प्रदेश सभा सदस्य सुझाव संकलनमा लागेका छन्। 

प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउन उनीहरु सुझाव संकलनमा लागेका हुन्। यसै क्रममा प्रदेश सभाको विशेष समितिले रुपन्देहीमा सुझाव संकलन गरेको छ।
प्रदेश सभाले पहिलो वार्षिकोत्सव मनाउँदा समेत नाम र राजधानीको टुंङ्गो नलागेको कारण यसलाई अन्तिम रुप दिनको लागि प्रदेश सभा अन्तर्गतको विशेष समितिले विभिन्न जिल्लामा सुझाव संकलन गरिरहेको छ। समितिले हिजो आइतबार नेपालगंजको बाँकेमा सुझाव संकलन गरेको थियो। 

सुझाव संकलनको लागि खटिएको टोलीका सदस्य एवं प्रदेश सभा सदस्य सरस्वती गौतमले प्रदेशको नाम र राजधानीको काम अगाडि बढ्न नसकेको गुनासो आइरहेको बताइन्। उनले प्रदेश सरकार अहिलेसम्म विभिन्न कानुनहरु बनाउन लागेकोले नाम र राजधानी तोक्न ढिलो भएको बताइन्।

‘सुझाव संकलनको लागि चार पानाको प्रश्नावली तयार गरेर सोही मार्फत सर्वसाधारणको सुझाव संकलन कार्य भइरहेको छ’, उनले भनिन्, ’प्रश्नावलीमा राजधानीको विषयमा भौगोलिक सहजतादेिख सुरक्षा समयका विषयवस्तु समेटिएका छन्।’

सुझाव संकलन कार्य सकिए लगतै प्रदेश सभामा पेश गरी प्रदेशको नाम र राजधानीको विषयलाई अगाडि बढाइने उनको भनाइ छ। सुझाव संकलनकै लागि प्रदेश सभा सदस्यको टोली बनाइ अलग अलग जिल्लामा खटाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

रुपन्देहीमा सुझाव संकलनको लागि प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डे, फकरुद्दिन खाँ, लगायत रुपन्देहीबाट निर्वाचित तथा मनोनित प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो। सुझाव संकलनमा सहभागीले प्रदेश ५ को राजधानी रुपन्देही र नाम लुम्बिनी राख्नु पर्ने सुझाव दिएका थिए। 

मुख्यमन्त्री आएनन् 

रुपन्देहीको भैरहवामा भएको सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल आउने कार्यक्रम रहे पनि उनी आएनन्। 

मुख्यमन्त्री आउने आशमा आएका स्थानीय एवम् रुपन्देहीका स्थानिय तहका जनप्रतिनिधिहरु मुख्यमन्त्री नआएपछि निराश देखिएका थिए। 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयले आयोजना गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा ४ घण्टा बढी समय बिताएका मुख्यमन्त्री पोखरेलले सुझाव संकलनको एक घण्टाको कार्यक्रममा उपस्थिती जनाएनन्। 

कार्यक्रममा सहभागीले मुख्यमन्त्री पोखरेलले सुझाव संकलन कार्यलाई हल्का रुपमा लिएर कार्यक्रममा नआएको टिप्पणी गरे। 

उनीहरुले भैरहवामा आयोजित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा आएका मुख्यमन्त्री पोखरेल सुझाव संकलन कार्यक्रममा नआउनुले राजधानी रुपन्देहीमा नराख्ने मनसाय रहेको उल्लेख गरे।

प्रश्नावली अप्ठ्यारा 

प्रदेश सभाको विशेष समितिले संकलनका लागि तयार पारेको प्रश्नपत्र निकै कठिन भएको प्रतिक्रिया दिएका छन्। सुझाव संकलनमा सहभागी स्थानीय माधव ढुङ्गानाले स्थानीय र्सवसाधरणले बुझ्नै नसकिने तथा अनावश्यक प्रश्नावली तयार पारेको उल्लेख गरे। 

प्रदेशको नाम र राजधानीको विषयमा सुझाव संकलन गरिएको प्रश्नावली कठिन भएपछि कतिपयले पूरा प्रश्नको उत्तर नै नदिइ बुझाएका थिए। 

विशेष समितिले तयार पारेको प्रश्नावली ग्रामीण भेगका जनताले कुनै पनि हालतमा बुझ्न नसक्ने खालको भएको दावी गर्दै ढुङ्गानाले यी प्रश्नको जवाफ कतिपय सांसद्ले समेत दिन नसक्ने बताए। 

‘जुन किसिमका प्रश्न आउनु पर्दथ्यो त्यो आएन, यसले स्थानीय सर्वसाधरणलाई आफ्ना मत जाहेर गर्नबाट समेत बञ्चित गर्‍यो’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.