ताप्लेजुङमा भलिबल प्रतियोगता : विभागीय टिमको विजयी सुरुवात

ताप्लेजुङमा भलिबल प्रतियोगता : विभागीय टिमको विजयी सुरुवात

(साँघु) ताप्लेजुङ : ताप्लेजुङमा जारी तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले वियजी सुरुवात गरेको छ। मैवाखोला गाउँपालिकाको केन्द्र साँघुस्थित नारायणी माविको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गर्‍यो।पाँचजना राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको पुलिसले प्रदेश नं १ लाई २५-८, २५-१८ र २५-९ को सोझो सेटमा पराजित गरेको हो। 

यस्तै शसस्त्र प्रहरीको एपिएफ क्लबले प्रदेश नं ३ लाई पराजित गर्दा नेपाल आर्मीले त्रिभुवन विश्वविद्यालयको टिमलाई स्तब्ध बनायो।एपिएफले प्रदेश नं ३ लाई २५-१६,२५-१५,२६-२४ तथा आर्मीले २५-१३,२५-१३ र २५-१५ को सोझो सेटमा विश्वविद्यालयलाई पराजित गरेको हो। गण्डकी प्रदेशले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ। 

क्षेत्रीय टिममा गण्डकी प्रदेशले मात्रै सुखद सुरुवात गरेको छ। गण्डाकीले प्रदेश नं २ लाई २५-१६,२५-१५ र २५-१६ को सेटमा हरायो।'पर्यटन प्रवद्र्धनका लागि भलिबल' नारासहित जारी प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त र उपविजेताले १ लाख ७६ हजार २ सय ५१ नगद पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने आयोजकले जनाएको छ।

आयोजक जलजले युवा क्लवका अध्यक्ष दिवस चोङवाङका अनुसार प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७-७ हजार पाउने छन्। हरेक खेलको म्यान अफ दि म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ।फाइनल खेल वैशाख २६ गते हुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.