अस्पतालबाट हराएका बिरामी नौ दिनपछि मृत भेटिए

अस्पतालबाट हराएका बिरामी नौ दिनपछि मृत भेटिए

दमौली : अस्पतालबाट हराएको नौ दिनपछि भानुका एक वृद्ध मृत भेटिएका छन्। बन्दीपुर गाउँपालिका ४ को बन्दीपुर अस्पतालमा रहेको क्षयरोगसम्बन्धी विशेष आवासीय उपचार केन्द्रमा उपचाररत भानु १० निवासी ५६ वर्षीय बद्रीबहादुर गुइंदेल वैशाख १९ गते बिहीबारबाट हराएका थिए। 

उपचारका क्रममा सुरक्षा गार्डको निगरानीमा रहेका गुइंदेल हराएपछि उनको खोजी गरिएको थियो। अस्पताल नजिकै चप्पल र टोपी छाडेर बेपत्ता गुइंदेलका बारेमा केही पत्तो नलागेपछि विभिन्न अड्कलबाजी गरिँदै आएको थियो। 

सशस्त्र प्रहरी र जनपद प्रहरी तथा तालिम प्राप्त कुकुर समेतले खोजी गरे पनि पत्तो नलागेका गुइंदेल बन्दीपुर ४ कै सहिद स्मारक पछाडिको भिरमा मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। 

सर्ने प्रकृतिको क्षयरोग लागेका गुइंदेल १० महिनायता आवासीय उपचारमा थिए। उनी बेपत्ता भएपछि लामो समय खोजी अभियान चलाउँदा पनि सफलता हात नलागेको प्रहरीले शुक्रबार भने शव भेटेको हो। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको टोलीले मृतक गुइंदेलको शव बरामद गरेको लामिछानेले बताए। 

लामो समयदेखिका क्षयरोगी गुइंदेलले विरिक्तएर आत्महत्या गरेको आशंका गरिएको छ। तर पनि यसबारेमा यकिन भन्न नसकिने भएकाले थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.