राजश्व चुहावट विधेयक संसद्मा पेश
काठमाडौं : ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभामा पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आजको बैठकमा पेश गरेका हुन्।
यसअघि विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचना सभाको बहुमतले अस्वीकृत गरेका थिए। विरोधको सूचनामार्फत् सांसद सुवालले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सदाचारका मूल्यमान्यता अनुरुप काम नगर्ने कर्मचारीलाई कानूनअनुसार कारवाही हुने बताए।
कर उन्मुक्ति हुने क्षेत्रमा सरकारको ध्यानाकर्षण भएकाले थप व्यवस्थित हुने उनको भनाइ थियो। नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशमा खोलिएका खातावालालाई कारवाही गरिने प्रतिबद्धतासमेत मन्त्री खतिवडाले जनाए।