६ विधामा ब्लुमबर्ग पुरस्कार
काठमाडौं : विश्व सूर्तिजन्य पदार्थरहित दिवस-२०१९का अवसरमा 'स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार' ६ विधामा प्रदान गरिएको छ। सूर्तिजन्य पदार्थले पार्ने प्रभावबारे जनचेतना फैलाउनुका साथै नियन्त्रण र नियमनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत स्वास्थ्य पत्रकार मंच नेपाललाई पुरस्कार प्रदान गरिएको छ।
त्यस्तै सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन निर्माण र कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्ने गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनलाई पनि पुरस्कार प्रदान गरिएको छ। सूर्तिजन्य पदार्थमा नब्बे प्रतिशत चेतावनीयुक्त सन्देश राख्न योगदान गरेका पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई कदरपत्रसहित सम्मान गरिएको छ।
गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी, नयाँ पत्रिका दैनिक र गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेललाई प्रदान गरिएको छ। सम्मानित संस्था एवं व्यक्तिलाई उप-प्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले कदर पत्रसहित सम्मान गरेका हुन्। पुरस्कारको राशि ५० हजार छ।