आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

लासिथ मालिंगा ( श्रीलंका)

श्रीलंकाली टोलीका अनुभवी र खतरनाक बलर हुन्, लासिथ मालिंगा । आफ्नो फरक शैलीको बलिङका कारण ३५ वर्षीय मालिंगा विपक्षी ब्याट्सम्यानहरूका लागि टाउको दुःखाइ बन्ने गर्छन् । तीव्रगतिका दायाँहाते बलर मालिंगाले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको दुई सय १८ खेलमा दुई सय १२ पाली खेल्दै २९.०३ को औसतले कुल तीन सय २२ विकेट लिएका छन् । एक दिवसीय प्रतियोगिताको एउटै खेलमा उनले हालसम्म दुई पटक केवल ३८ रन खर्चिएर ६ विकेट लिएका छन् ।

अन्तिम विश्वकप खेलिरहेकाले पनि उनी यसपटक       श्रीलंकालाई विश्वकप उपाधि दिलाएर राष्ट्रिय टोलीबाट सुखद बिदाइ लिने तयारीमा छन् । जारी विश्वकपमा सहभागी       श्रीलंकाली टोलीका उनी सबैभन्दा अनुभवी खेलाडी पनि हुन् । एकदिवसीय प्रतियोगितामा उनले हालसम्म आठ पटक पाँच विकेट र १० पटक चार विकेट लिएका छन् । पछिल्लो समय       श्रीलंकाली टोलीको हरेक सफलतामा उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

रोस टेलर (न्युजिल्यान्ड)

जारी विश्वकप क्रिकेटमा सहभागी न्युजिल्यान्ड टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्, रोस टेलर । ३५ वर्षीय टेलरको यो चौथो विश्वकप सहभागिता हो । उनले सन् २००७ देखि विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । सम्भवतः यो उनको अन्तिम विश्वकप पनि हो । उनी एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने खेलाडीमध्ये एक हुन् । उनले हालसम्म दुई सय १८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय तीन पाली खेल्दै ४८.३४ को औसतले कुल आठ हजार २६ रन बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा उनको एकल उच्च स्कोर अविजित एक सय ८१ रन हो । उमेरका हिसाबले पनि आफ्नो खेल जीवनको उत्तराद्र्धमा रहेका टेलर यो विश्वकपमा न्युजिल्यान्डलाई विजेता बनाउँदै सन्न्यास लिने योजनामा छन् । न्युजिल्यान्डले हालसम्म विश्वकपको उपाधि जित्न सकेको छैन । पछिल्लो समय उनी काँधको समस्याबाट पीडित छन् । यद्यपि, उनले जारी विश्वकपका लागि आफू पूर्णरूपमा स्वस्थ्य रहेको दाबी गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.