नरेश बने प्रथम उपत्यका श्री

नरेश बने प्रथम उपत्यका श्री

भक्तपुर : काठमाडौंस्थित न्यू फ्लेक्स एण्ड फिटनेसका नरेश मालाकारले भक्तपुरमा शनिबार सम्पन्न प्रथम उपत्यका श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि उचालेका छन्। ख्वप शारीरिक सुगठन तथा फिटनेस एसोसियसनद्वारा आयोजित प्रतियोगिताको ग्रायण्ड फिनालेमा पाँचजना स्वर्ण पदकधारीलाई पछि पार्दै नरेशले उपाधि उचालेका हुन्।

प्रतियोगिताको ७५ केजीभन्दा माथिको तौल समूहका स्वर्ण पदक विजेता नरेशले उपाधिसँगै एकलाख रुपैयाँ नगद पुरस्कार पाएका छन्। त्यस्तै भक्तपुरको फिट स्टपका अमितकुमार मण्डल दोस्रो भए। ७० केजी तौल समूहका विजेता मण्डल उपविजेता बन्दै ३० हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउन बाध्य भए। 

प्रतियोगिताका निर्णायकहरुलाई नरेश र अमितबीच च्याम्पियन छान्न हम्मेहम्मे भएको थियो। दुवै जनाको प्रस्तुत र शारीरिक बनावट उस्ता उस्तै देखिएपछि निर्णायकहरुले उनीहरु दुई जनाबीचमात्रै थप स्पर्धा गराइएको थियो। जसमा हसमुख देखिएका र बढी तौलका कारण शरीर आकर्षक देखिएका नरेश बाजी मार्न सफल भए।

प्रतियोगितामा काठमाडौंकै मसल वल्र्ड जिम एण्ड फिटनेसका सुदर्शन डंगोल तेस्रो भए। ७५ केजी तौल समूहका स्वर्ण पदकधारी सुदर्शनले २० हजार रुपैयाँ नगद पुरस्कार पाए।

सेपस् २ फिटनेस एण्ड जिमका राजीव थापा चौथो भए। उनी ६० केजी तौल समूहका विजेता हुन्। त्यस्तै ६५ केजी तौल समूहका विजेता थ्रीस्टार फिटनेसका रामकाजी श्रेष्ठ पाँचौं हुँदा ५५ केजी तौल समूहका विजेता फ्लेक्स जिम एण्ड मसलका कामिन शेर्पा छैटौं भए। चौथौ, पाँचौं र छैटौं भएका राजीव, रामकाजी र कामिनले क्रमशप् १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे।

प्रतियोगिताअन्तर्गत नै भएको खुला पुरुष फिजिक्सको उपाधि काठमाडौंको अर्किड फिटनेसका रवि गुरुङले उचाले। एक दर्जन बढी प्रतियोगीहरुलाई उछिनेका उनले उपाधिसँगै २५ हजार रुपैयाँ नगद पुरस्कार जिते।

त्यस्तै काठमाडौंकै पावर हाउसका गिरिराज रोक्का दोस्रो र मसल वल्र्डका जेनिस श्रेष्ठ तेस्रो भए। गिरिराज र जेनिसले क्रमशः १५ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाए।

प्रतियोगिताका विजेताहरुलाई भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए। आयोजक ख्वप शारीरिक सुगठन तथा फिटनेस एसोसियसनका अध्यक्ष पदमलाल शिलकारले प्रतियोगितामा काठमाडौं उपत्यकाका ४२ जना शारीरिक सुगठकहरुको सहभागिता रहेको जानकारी दिए।

उनले यस वर्ष सुरु गरिएको उपत्यका श्री शारीरिक सुगठन प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए। प्रतियोगिताको मुख्य निर्णायकमा राजेन्द्ररत्न तुलाधर रहेका थिए। 

प्रथम उपत्यकाश्री शारीरिक सुगठन प्रतियोगिताका विजेता नरेश मालाकारसहित ग्राण्ड फिनाले पुगेका शारीरिक सुगठक। फोटो : ईश्वरकाजी खाइजू

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.