सरकार हिन्दूप्रति उदार

सरकार हिन्दूप्रति उदार

जनकपुरधाम : प्रदेश २ सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम कुनै एक धर्मका अनुयायीप्रति विशेष उदार भएको भन्दै प्रदेशसभा सदस्यले आलोचना गरेका छन् । मुलुक धर्मनिरपेक्ष रहेकाले सबै धर्मावलम्बीको भावना समेटेर नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा सरकारले हिन्दूप्रति विशेष सहिष्णुता देखाएको प्रदेशसभा सदस्यले टिप्पणी गरेका छन् ।

नीति तथा कार्यक्रमको १०२ नम्बर बुँदामा प्रदेशअन्तर्गत रहेको धार्मिक सर्किट विकास गर्ने योजना राखिएको छ । प्रदेशभरका ४५ वटा धार्मिकस्थललाई सर्किटमा समावेश गर्ने कार्यक्रम राखिएको छ । जसमध्ये ४४ वटा हिन्दुधर्मावलम्बीका मठमन्दिर छन् भने एउटा नाजिर मजारमात्र मुस्लीम धर्मावलम्बीको धार्मिकस्थल समावेश छ । धार्मिक सर्किटमा अन्य धर्मका धर्मस्थलको चर्चा गरिएको छैन् ।

प्रदेशभित्र मुस्लिम, बौद्ध, इसाईलगायत विभिन्न धर्म मान्ने नागरिक रहे पनि सरकारको नीति तथा कार्यक्रममा सबै धर्मावलम्बी समेटिन नसकेको सत्तासाझेदार दलकै सांसदले असन्तुष्टी जनाएका छन् । सत्तासाझेदार राजपा सांसद मनिष सुमनले नीति तथा कार्यक्रममा धार्मिक सहिष्णुताबारे स्पष्ट धारणा व्यक्त नभएको भन्दै संशोधन हालेका छन् । ‘पर्यटकीय क्षेत्र घोषणा गर्दा नीति तथा कार्यक्रममा हिन्दू पर्यटकीय क्षेत्रलाई मात्र प्र श्रय दिइएको छ’, सुमनले भने, ‘धर्मनिरपेक्ष मुलकका सबैले स्थान पाउनुपर्ने भएकाले यस बुँदामा संशोधन दर्ता भएको छ ।’

नेकपा सांसद सुन्दरबहादुर विश्वकर्माले सबै धर्मलाई नीति तथा कार्यक्रममा समान रुपमा समेट्नु पर्ने बताए । धार्मिक सर्किटअन्तर्गत धनुषाको जानकी, मलिननाथ, मणी मण्डप, धनुषाधाम, नोचा पोखैर, अकउरा सतोखर, कपिलेश्वर महादेव, ठेलिया भेरीया मठ, शम्भुनाथ, विसनरीया दह, दिनाभद्री र कंकालिनी मन्दिर राखिएको छ । त्यस्तै सिरहाको सलहेश, महादेव मठ, महोर चोहवा बौद्धि महारानी, कमला उतरायहिनी धाम, नन्दमोरही, बावा ताल, कमलदह, राजदेवी, सर्लाहिको नारिमनताल, कालीका मन्दिर हरीपुरवा, धनकौल महादेव स्थान, सलाह फेहाराको शिव, मंगलनाथ महादेव मन्दिर समावेश छन् ।

मुर्तिया मुत्तेश्वर महादेव, सरला माई, सती–विहुला, नारायणपुर, नाजिर मजार, महोत्तरीको मठिहानी स्थान, सुगाको सुकदेव मुनिको स्थान, जलेश्वरको भार्गव ऋषिकोस्थान, मडैको माण्डव्य ऋषि स्थान, पञ्चधुरा माइस्थान, बनौली स्थिति विद्यापतिको प्रवास स्थान, सोनामाईथान, पडौल स्थान, गेउरका मटिहानी र जलेश्वरनाथलाई पनि सर्किटमा समावेश गरिएको छ । त्यसैगरी धनुषाको परशुराम तलाव, मथला वहार र सदरशरण, बाराको झरोखर पोखरी, त्रिवेणी धाम, रौतहटको शिवनगरको महादेवस्थान र राजदेवी मन्दिर, पर्साको भुटन देवी, विन्दवासनी, भाथा दुग्धेश्वर नाथ मन्दिरको क्रमिक रुपमा प्रवर्धन तथा विकास गरिने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.