डेंगुबाट बचौं

डेंगुबाट बचौं

डा. विजयकुमार खनाल । एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग हो डेंगु। यो डेन वान, डेन टु, डेन थ्री र डेन फोर गरी ४ प्रकारको हुन्छ। डेंगु सरुवा रोग होइन।

सुनसरी, मोरङमा फैलिएको डेंगु रोगले महामारीको रूप लिएको छ। यहाँको खानेपानी समस्याको मूल कारण देखिएको छ। सर्वसाधारणले खानेपानीको बचत गर्ने बानीका कारण जम्मा गरेको पानीबाटै लामखुट्टेको उत्पत्ति भएको पाइयो। सफा पानीमा पोथी लामखुट्टेले अन्डा पार्ने र लार्भा हुर्काउने गरेकाले संक्रमित लामखुट्टेको संख्या बढेको हो।

संक्रमित पोथी लामखुट्टेले बिहान, दिउँसो र साँझपख मात्र टोक्छ। डेंगु रोगबाट आत्तिहाल्नु पर्दैन। यसको लक्षण देखा पर्नेबित्तिकै नजिकको स्वास्थ्य संस्थामा गई उपचार गराउनु पर्छ। डेंगु रोग लाग्न नदिन सरसफाइमा विशेष ध्यान दिनु पर्छ।

लामखुट्टे सफा तथा स्थिर पानीमा मात्र हुर्कन्छ। घर वरपरका खाल्डाखुल्डी तथा खुला भाँडाकुँडामा पानी जम्न दिनु हुँदैन। यदि, घरमा खुला रूपमा पानी जम्मा भए लामखुट्टेले पानीमै अन्डा पार्ने र लार्भा हुर्काउने गर्छ। लामखुट्टको संख्या वृद्धि भई डेंगु रोग फैलन सक्छ। लामखुट्टेको अन्डामा समेत डेंगु भाइरस हुन्छ। एउटा लामखुट्टेले आठ सयदेखि हजार वटासम्म अन्डा पार्छ। त्यस्ता लामखुट्टेलाई मारेर डेंगु नियन्त्रण गर्न सक्नु पर्छ। घरआँगन सफा राखे डेंगुले सताउँदैन।

लक्षण

उच्च ज्वरो आउने

टाउको दुख्ने

शरीरमा दादुराजस्ता फोका आउने

कलेजो फुल्ने

पेटमा पानी जम्ने

गिजाबाट रगत आउने

जोर्नी दुख्ने

उपचारको विधि

डेंगुको ठोस उपचार छैन। बिरामीको अवस्था हेरी उपचार गर्नुपर्छ। डेंगु भए, नभएको पत्ताा लगाउन बिरामीको रगत परीक्षण गर्नुपर्छ। चिकित्सकको निगरानीमा औषधि सेवन गर्दा पाँचदेखि सात दिनमा डेंगु निको पार्न सकिन्छ।

घरमै बसेर पनि डेंगुको उपचार गर्न सकिन्छ। बिरामीले सिटामोल खाने, पोषिलो झोल पिउने र आराम गरेर झुलभित्र बसेर घरमै पनि उपचार गर्न सकिन्छ।

(बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा गठित र्‍यापिड रेस्पोन्स टिमका संयोजक डा. खनालसँग अन्नपूर्णकर्मी रत्न आचार्यले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.