यसो गरे घट्छ मोटोपना

यसो गरे घट्छ मोटोपना

भाइबहिनी हो, तिमीहरूमध्ये कतिपयलाई स्कुलमा साथीहरूले जिस्क्याउँछन् होला। मोटो शरीर भएकै कारण तिमीहरूलाई हिँड्न, काम गर्न पनि असजिलो हुन्छ होला, हैन ?

मोटोपनाको समस्या तिमीहरूलाई मात्र होइन, विश्वभरका बालबालिकामा रहेको छ। मोटोपना भयो भने फूर्तिलो हुन सकिँदैन। जाँगर पनि लाग्दैन। सानै उमेरमा मोटोपनाको समस्या छ भने उमेर बढ्दै जाँदा पनि यो कायमै रहने सम्भावना हुन्छ।

बेलायतमा पाँच देखि १९ वर्ष समूहका केटाकेटीमा प्रत्येक दस जनामध्ये एक जनामा मोटोपना देखिएको छ। दक्षिण अफ्रिकाको कुल जनसंख्याको झन्डै एक चौथाइ मानिसमा मोटोपना छ। त्यसैले दक्षिण अफ्रिकाको सरकारले गुलियो राखिएको पेय पदार्थमा एघार प्रतिशतले कर बढाउने प्रस्ताव गरेको छ। महँगो भयो भने गुलियो पेय पदार्थ खाँदैनन् र मोटोपना पनि बढ्दैन भनेर सरकारले यो निर्णय गरेको हो। चीन र भारतमा पनि मोटोपनाले बालबालिकालाई पिरोलेको छ। विश्वभर १२ करोड ४० लाख केटाकेटी असाध्यै मोटा भएको वल्र्ड ओबेसिटी फेडेरेसनको अनुमान छ।

मोटोपनाले गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउँछ। अस्वस्थ जीवनशैली, खानपान लगायतका कारणले शरीरमा मोटोपना बढ्छ। खाजामा प्याकेटमा राखिएका जंक फुडभन्दा फलफूल खानुपर्छ। मोटोपनाकै कारण विभिन्न रोगले सताउने गर्छ। मोटोपनालाई समयमै घटाउन सकियो भने निरोगी हुन सकिन्छ।

शरीर फुर्तिलो पनि हुन्छ। नियमित व्यायाम गर्दा मोटोपना घटाउन सकिने डा. यन्जन गैह्रेको सुझाव छ। त्यसका लागि आधा घण्टा हिँडने, खेतबारीमा काम गर्ने, साथीहरूसँग खेल्ने, पौडी खेल्ने, साइकल चलाउने गर्नुपर्छ। चिनी, मिठाई, घिउ, बटर, चिज, पनिर, तेल आदि नखाने हो भने पनि मोटोपना बढ्न पाउँदैन।

के गर्ने ?

· नियमित व्यायाम गर्ने।

· सन्तुलित खाना खाने।

· फलफूल र सागसब्जी खाने।

· खाना खानुअगाडि हरियो सलाद खाने।

· रातिको खानामा रोटी, हरियो सलाद र सुप खाने।

· प्रशस्त पानी पिउने।

के नगर्ने

· मिठाई नखाने।

· तारेको खानेकुरा नखाने।

· घरबाहिरको खाना भरसक नखाने।

· धेरै समय भिडियो गेम खेल्ने र टीभी हेर्ने बानी हटाउने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.