जो चार सन्तानसहित सप्तकोशीमा हाम फालिन्

जो चार सन्तानसहित सप्तकोशीमा हाम फालिन्

राजविराज : माया र ममताकी खानी आमा। आफ्नो सन्तानलाई आमाले हत्या गर्ने कुरा कसैले अनुमान पनि गर्न सक्दैनन्। तर, शनिबार एक आमाले आफ्ना चार सन्तानलाई सप्तकोशी नदीमा फालेर आफू पनि हाम फालेको खबर सार्वजनिक भएको छ।

घरपक्षले माइत र माइती पक्षले घर खेदेपछि ३५ वर्षीया रोशना खातुन चार सन्तानसहित सप्तरीको हनुमाननगर कंकालिनी १ मा पुगेर सप्तकोशी नदीमा हाम फालेको स्थानीय आकाशराज भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार अर्की महिलासँगको सम्बन्धका कारण श्रीमानले दिनहुँ कुटपिट गर्न थालेपछि माइतीको शरणमा गएकी खातुनलाई माइतीले पनि जबरजस्ती घर पठाएका थिए। 

सामाजिक परम्पराअनुसार १४ वर्ष अघि सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुरका मो. तैयवसँग खातुनको विवाह भएको थियो। खातुन तीन छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन्। 

श्रीमानले यातना दिएपछि चार सन्तानसहित जनकपुरको वीरेन्द्रबजारस्थित माइत गएकी थिइन्। माइतीको शरण पाउने आशामा माइत पुगेकी उनलाई त्यहा पनि गालीगलौज सुरु भएपछि तनावमा थिइन्। माइती पक्षले छोरीलाई राख्नु नहुने भन्दै घर फर्काएपछि खातुन घर नगई कोशीतर्फ गएको खुलेको छ। 

जनकपुरबाट घर जानुको साटो उनले कोशी ब्यारेजसम्मको टिकट लिइन्। कोशी ब्यारेजमा शुक्रबार दिउँसै ओर्लिएकी उनी दिनभरी डुलिन्। आत्महत्याको उपयुक्त स्थान खोजे पनि दिनभरी मानिसको आवत-जावत भइरहेकोले मौका पाइनन्। 

साँझ परेपछि भोकले रुन थालेका छोराछोरीका लागि चोकमा पुगेर नास्ता किनेर ल्याइन र खुवाइन्। उत्तरको गोलघरतर्फ मानिसको चहलपहल बढी भएकाले उनी नदीको दक्षिणतर्फ आएर बसिन्। रातको समयमा उनले पालैपालो छोरा-छोरीलाई नदीमा फालेपछि आफू पनि हाम फालिन्। 

नदीको पानीले नै किनारा लाएर बचेका साइला छोरा पाँच वर्षीय तहसिलले रुदै प्रहरीले दुःखद् यथार्थ सुनाए। घटनास्थल लगेर सल र चप्पल देखाउँदै घटना विवरण सुनाएपछि कोशी ब्यारेजका स्थानीय पसले, व्यापारीले प्रहरीलाई उद्दारका लागि आग्रह गरेको स्थानीय भुपदेव मालीले बताए। 

रातभर खोजी कार्यमा खटिए पनि पानीको वहाव उच्च रहेकाले प्रहरी र स्थानियवासीले कोही फेला नपारेको अवस्थामा कोशी नदीमा काम गर्ने कन्ट्रक्सनका मजदुरले शनिबार महिलाको उद्धार गरे। 

नदीले बगाएर तीन किलोमिटर टाढा पुगेकी खातुनलाई झ्याँङ्गमा गएर अड्किएको अवस्थामा मजदुरले उद्धार गरेका हुन्। उनको साथमा रहेको पर्सबाट नगद नौ हजार, कानको सुनको झुम्का र कोशी ब्यारेजसम्म काटिएको बसको टिकट फेला परेको छ। 

फेला परेको मोबाइल काम नलाग्ने भएपछि सिम निकालेर अर्को मोबाइलमा राखेर फोन गर्दा उनका श्रीमान सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

खातुनको भारदहस्थित अस्पतालमा उपचार भएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए। खातुनका १२ र सात वर्षीय छोरा तथा दुई वर्षीया छोरी अहिलेसम्म बेपत्ता छन्।

सप्तकोशी नदीमा पानीको बहाब उच्च रहेकाले बेपत्ता बालबालिकालाई बगाएर लगेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि उनीहरुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी र गोताखोरको टोली परिचालित रहेको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.