चट्याङ लागेर खेत जोतिरहेका किसानको मृत्यु
राजविराज : वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा खेत जोतिरहेका एक किसानको मृत्यु भएको छ।
सुरुङ्गा नगरपालिका–२ दौलतपुरका ६० वर्षे हरीहर चौधरीको मंगलबार मृत्यु भएको दौलतथपुर गाविसका पूर्वअध्यक्ष रामनारायण चौधरीले जानकारी दिए।
खेत जोतिरहेका बेला वर्षासँगै परेको चट्याङ लागेर चौधरीको मृत्यु भएको हो। धान रोप्ने तयारी गरिरहेका उनले सोमबार उक्त खेतमा ट्रयाक्टरले समेत जोताएका थिए। चौधरी खसी, बोकाको बिक्री व्यापार पनि गर्दथे।
शवलाई पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !