इतिहासविद् दासको निधन

इतिहासविद् दासको निधन

राजविराज : इतिहासविद् तथा अनुसन्धानकर्ता प्राध्यापक हरिकान्तलाल दासको सोमबार ७८ वर्षको उमेरमा निधन भएको छ। मुटु तथा मधुमेह रोगपीडित उनको राजविराज-८ स्थित निवासमा निधन भएको भाइ प्राध्यापक जुगेश्वरलाल दासले जानकारी दिए। 

राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा ३६ वर्षसम्म इतिहास विषयको प्राध्यापन गरेका दासको इतिहाससँग सम्बन्धित पुस्तक र लेखक प्रकाशित छन्।  श्री लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा ०७४ वैशाख २७ गते इतिहास शिरोमणि बाबुराम आचार्य शोध-सम्मानले सम्मानित दासलाई २०७४ पुस ११ गते १५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनका अवसरमा संस्कृति क्षेत्रमा उत्कृष्ठ योगदान गरेवापत मिथिला रत्न उपाधिबाट सम्मानित गरिएको थियो। 

त्रिभुवन विश्वविद्यालयबाट २०४८ सालमा सम्मानित दास युनिभर्सल पिस फेडरेशनबाट सन् २०१५ मा शान्तिदूत र मैथिली साहित्य परिषद्बाट २०६९ सालमा शिवदत्त स्मृति पुरस्कारलगायतबाट पुरस्कृत भएका छन्।

पहिलो कृतिको रुपमा २०५८ सालमा प्रकाशित ‘सप्तरीको राजनीतिक इतिहास एवम् प्रमुख धार्मिक स्थल’ मा जिल्लामा रहेका ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलका साथै ‘राजा सलहेश, मानिक दह, पकडिया गढसहितका ऐतिहासिक स्थलको विषय र लोक जीवनसँग जोडिएका विषयवस्तुमाथि गहन अध्ययन अनुसन्धान समावेश छ। 

‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु : एक अध्ययन’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०६० सालमा प्रकाशित छ भने साझा प्रकाशनबाट २०६७ सालमा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित छन्। पिता जयनारायण लाल दास ‘बच्चाबाबु’ र आमा अनसुया देवीको कोखबाट सन् १९४१ नोभेम्बर १४ का दिन सप्तरीको साविक मलेठ गाउँ विकास समितिको-६ स्थित गढीया गाउँमा जन्मेका दास हाल राजविराज नगरपालिका-८ मा बसोवास गर्दै आएका


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.