पहिरोले पुरियो सावित्री र डिलमायाको सपना

पहिरोले पुरियो सावित्री र डिलमायाको सपना

रुकुम : बुधबार साँझ विद्यालयको पढाइ सकेर सावित्री र डिलमाया आफ्नै धुनमा घर फर्किरहेका थिए । रुकुम पश्चिमको मुसिकोटको मालिका माविमा कक्षा सकेर फर्किएका उनीहरु पहिरोले पुरिए । 

उनीहरुको उद्धार गर्ने कोही भएन । विद्यालयबाट घर फर्किने प्रतिक्षामा रहेका अभिभावकले १० वर्षीया सावित्री विक र १२ वर्षीया डिलमाया विकको शवमात्र भेटे ।

सावित्रीको डाक्टर र डिलमायाको इन्जिनियर बन्ने सपना पहिरोसँगै पुरियो । गाउँकै विकासका लागि निर्माण भएको सडककै कारण पहिरो झर्दा उनीहरुको ज्यान गएको हो । सावित्रीका बुबा डिलबहादुरले भने, ‘घटनास्थलमै छोरीको मृत्यु भइसकेको रहेछ । विकासका लागि बनेको सडकले हाम्रो परिवार नै खाइदियो ।’ 

गत वर्ष निर्माण भएको सडकमा पहिरो गएपछि दुबै बालिका पुरिएको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमति खड्काले जानकारी दिए । उनीहरुको शव परीक्षणपछि आफन्तलाई बुझाइएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.