हिउँदे अधिवेशनभित्र ऐन बनाइसक्छौं : अध्यक्ष तिमिल्सिना

हिउँदे अधिवेशनभित्र ऐन बनाइसक्छौं : अध्यक्ष तिमिल्सिना

ताप्लेजुङ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीयता कार्यान्वयनका लागि चाहिने बाँकी सबै ऐन आगामी हिउँदे अधिवेशनमा बनाइसक्ने बताएका छन् ।  विद्यालय भवन सिलान्याश गर्न ताप्लेजुङको मिक्वाखोला गाउँपालिका आएका तिमिल्सिनाले संसदका दुवै सदनले नयाँ संविधान अनुसार चाहिने ऐन निर्माणलाई प्राथमिकता दिएको बताए । 

'प्रदेश र स्थानीय तहलाई चाहिने अधिकांश ऐनहरु बनाइसकेका छौं, बाँकी आउँदो हिउँदे अधिवेशनबाट पुरा गर्छौं,' उनले भने, 'त्यसपछि विकाशले गति लिन्छ ।' उनले प्रदेशसभालाई पनि कानुन निर्माणलाई प्राथमिकता दिएर स्थानीय तहलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । 

स्थानीय तहलाई आत्मनिर्भर बन्ने योजनालाई ल्याउन उनको सुझाव थियो । 'सधैं केन्द्रको मुख ताकेर हुँदैन,' उनले भने, 'युवालाई गाउँमै काममा लगाउने योजना ल्याउनुस्, तपाईहरुको संकल्प अब उद्यमसिलतातर्फ हुनुपर्छ ।'

 
पाथीभार दर्शनका लागि ताप्लेजुङ आएका तिमिल्सिनाले मिक्वाखोला गाउँपालिका २ मा निर्माण हुन लागेका ३ वटा विद्यालय भवनको शनिबार एकैपटक शिलान्यास गरेका थिए । माउण्टेन अफ द चिल्ड्रेन नामक संस्थाले वेंशीगाउँ, ओझागाउँ र ओइराखु आधारभुत विद्यालयमा चार कोठे भवन निर्माण गर्न लागेको हो । २ करोड लागतका बालमैत्री कक्षाकोठासहितका भवन निर्माण गर्ने संस्थाका निर्देशक कृष्णमणी बरालले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.