कोरोना भाइरस : ‘नमस्कार गर्न सिकाऔं’

कोरोना भाइरस : ‘नमस्कार गर्न सिकाऔं’

विराटनगर : स्वास्थ्य व्यवस्थापन महाशाखा काठमाडौंका निर्देशक भोजराज डोटेलले प्रदेश १ मा खटिने स्वास्थ्य प्राविधिक समितिका सदस्यलाई कोरोना भाइरसबाट बच्न नमस्कार गर्ने बानी विकास गर्न सुझाव दिएका छन्।

चीनबाट फैलिएको यो भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेका बेला निर्देशक डोटेल सम्मिलित प्राविधिक त्रिभूषणप्रसाद साह र नरेन्द्र खनालको टोलीले प्रदेश १ मा स्वास्थ्यकर्मीलाई आवश्यक निर्देशन एवं परामर्श दिइरहेको छ। भाइरसको संक्रमणभन्दा भयले त्रसित बनेका नागरिकलाई पहिलो चरणमा सचेतना दिन प्रदेश १ मा जनस्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा एक प्राविधिक समिति बनाएको छ। ‘यो समितिले प्रदेश १ का जिल्लामा कसरी अभियान चलाउने र संक्रमण हुनबाट जोगाउने काम गर्नेछ,’ निर्देशक मेहताले भने।

साबुनपानीले मिचिमिची ३० सेकेन्डसम्म हात धुने, बाहिर हिँड्दा नाक, मुख छोप्ने, मास्क लगाउने, भीडभाडमा नजाने, विदेशबाट फर्केर आएका मानिसबाट सावधान रहने, पशुपक्षीबाट टाढा रहन उनले सुझाएका छन्।

कोरोनाको संक्रमण देखिएको मानिसको उपचारका लागि प्रदेश १ मा कोसी अस्पताल विराटनगरमा पाँच, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १०, विराट अस्पतालमा १२ र नोबेल अस्पतालमा १ शड्ढया व्यवस्था गरी उपचार गर्ने प्रबन्ध मिलाइएको छ। उक्त प्रदेशमा यो भाइरसको रोगी नदेखिए पनि संक्रमण हुने उच्च जोखिम रहेकाले यस्तो प्रबन्ध मिलाइएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। उनका अनुसार कोसी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज विराटनगर, बीएन्डबी अस्पताल बिर्तामोड र मेची अस्पताल भद्रपुरमा ‘आइसोलेसन बेड’ तयार पारी उपचार गर्ने प्रबन्ध मिलाएको छ।

प्रदेश १ को भारतसँग जोडिएको नाकामा ‘हेल्प डेस्क’ राखिएको छ भने चीनसँग सीमा जोडिएको नाका बन्द गरिएको छ। इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर र मोरङको रानीमा हेल्पडेस्क राखेर स्वास्थ्य परीक्षणसहित निगरानी र सुझाव सल्लाह दिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

निर्देशक डोटेलका अनुसार हालसम्म विश्वका ७२ वटा देशमा कोरोनाको संक्रमण देखिएको छ भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ। चीनमा ८० हजार ३०४ मा संक्रमण देखिएको छ भने २ हजार ९ सय ४६ को ज्यान गएको छ। हालसम्म १० हजार ५ सय ६६ मा संक्रमण देखिएको र १ सय ६६ को ज्यान गएको निर्देशक डोटेलले जानकारी दिए।

यो संक्रमण हुने मानिसमा ८० प्रतिशत सामान्य रहन्छन् भने २० प्रतिशतमा कडा खालको लक्षण देखिने र २ प्रतिशत मानिसको ज्यान जाने खतरा हुन्छ। यो भाइरसका कारण मृत्यु हुनेमा प्रायः वृद्ध, दम रोग भएको, मिर्गौला रोगी र मधुमेह रोगीको बढी रहेको तथ्यांकले देखाएको जनस्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक डा. चन्द्रदेव मेहताले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.