मापसे गरी झगडा गर्ने चालकलाई दुई हजार जरिवाना
ताप्लेजुङ : जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गर्ने दुईजना सवारी चालकलाई जनही एक हजार जरिवाना तिराएको छ । जरिवाना तिर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका ५ का २७ वर्षीय श्याम राई र झापा दमकका ३० वर्षीय बिनोद लिम्बू छन् ।
फुङलिङ बजारमा शनिबार अत्याधिक मापसे गरी होहल्ला र झगडा गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेर प्रशासनमा बुझाएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु खड्काका अनुसार दुवैजना सवारी चालक हुन् ।
उनीहरु गाडी चलाउने सिलसिला ताप्लेजुङ आएका हुन् । परीक्षण गराउँदा मपसे गरेको रिपोर्ट आएपछि जरिवाना गरेर छाडिएको खड्काले बताए ।