घर आगलागी हुँदा एकको मृत्यु

घर आगलागी हुँदा एकको मृत्यु

रुकुम : रुकुम पश्चिममा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका–३, खदीमा शनिबार बिहान करिब ११ बजेतिर भएको आगलागीमा परी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

आगो निभाउने क्रममा उनका श्रीमान डम्बर देवकोटा घाइते भएको उनले बताए । घाइते डम्बरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तीन तलाको ६ कोठे घरमा बिहान खाना पकाउने क्रममा भण्डारण गरिएको पेट्रोल लिक भएपछि आगलागी भएको डिएसपी केसीले बताए ।

आगलागीका कारण घरभित्रको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगो नियन्त्रण छिटै गरिए पनि महिलालाई भान्साबाट निकाल्न नसक्दा मृत्यु भएको प्रहरीको भनाइ छ । डम्बर र अर्का एकजना छिमेकी पनि घर भित्रै थिए । 

उनीहरु एउटा ढोकाबाट निस्के भने भान्सामा रहेकी लाली एकैछिनमा बलेको आगोका कारण बाहिर आउन नसक्दा मृत्यु भएको वडाध्यक्ष केशरमान विकले जनाए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.