दलित भएर मुख लागेको भन्दै युवाहरुमाथि कुटपिट

दलित भएर मुख लागेको भन्दै युवाहरुमाथि कुटपिट

राजविराज : दलित भएर मुख लाग्ने भन्दै शुक्रबार सप्तरीको बोदे बर्साइनमा ६ जना दलित युवामाथि कुटपिट भएको छ। कुटपिटबाट बोदे बर्साइन नगरपालिका-१० अमरैया टोलका १९ वर्षीय जितेन राम, २० वर्षीय दिपेन राम, २३ वर्षीय सरोज राम, २४ वर्षीय सुन्दर राम तथा २५ वर्षका रामदुलार राम र रामनन्दन राम घाइते भएका छन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचाररत जितेन, रामदुलार, रामनन्दनको टाउको फुटेको छ भने दिपेन, सरोज र सुन्दरको टाउको, अनुहार र शरिरको विभिन्न भागमा चोटपटक लागेको छ। उनीहरुलाई सोही ठाउँका ४० वर्षीय दलुवा यादव, २१ वर्षीय जितन यादव, २२ वर्षीय जितेन्द्र यादव, २३ वर्षीय रन्जनकुमार यादव तथा सोही उमेरका शिवकुमार यादव र चन्दन यादवले कुटपिट गरेको घाइतेहरुले बताए। पीडितहरुको परिवारका सदस्यहरुले इलाका प्रहरी कार्यालय, कडरबोनामा उजुरी दिने बताएका छन्।

घटनाको पुष्टि गर्दै ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले पीडितहरुलाई उपचार गर्न र घाउँजाँच केश फारम भर्नका लागि लिखित उजुरी ल्याउन भनिएको बताए। मौखिक जानकारीका आधारमा संलग्न आरोपितहरुको तीब्रताका साथ खोजी भइरहेको जानकारी दिदै इन्स्पेक्टर केशरीले घटनामा संलग्न आरोपितहरुको खोजीका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वको टोली खटाइएको जानकारी दिए।

केही दिन अघि गालीगलौज गरेको भन्दै आरोपितहरुले श्यामसुन्दर राम चढेको मोटरसाइकलको साँचो बिहीबार साँझ खोसेपछि दुबैबीच विवाद भई धकेलाधकेल भएको प्रहरीले जनाएको छ। स्थानीयवासीले दुवै पक्षलाई सम्झाएर घर फर्काएकोमा पुनः दुई पक्षबीच बाटोमा झगडा भएकोमा इलाका प्रहरी कार्यालय बोदे बर्साइनको टोलीले झगडा छुट्याएको थियो।

दलित भएर मुख लाग्ने र हात हाल्ने भन्दै शुक्रबार सोही टोलका ट्रक चालक हरी रामलाई आरोपितहरुले लछारपछार गर्न थाले पछि विवादले उग्र रुप लिएको हो। हरी रामलाई कुटपिट गरेको जानकारी पाएर लाठी लिएर प्रतिवाद गर्न पुगेका दलित युवाहरुलाई उनीहरुकै लाठी खोसेर आरोपितहरुले निर्घात कुटपिट गरेको संयुक्त दलित संघर्ष समितिका सप्तरी जिल्ला अध्यक्ष प्रथमलाल रामले बताउनु भयो। कुटपिटमा आरोपितहरु समेत सामान्य घाइते भएका छन्।

‘विवादका क्रममा आरोपितहरुले चमार भएर औकात भन्दा बढी बोल्ने, हात हाल्ने भन्दै कुटपिट गरे' रामले भने। घटना बारे आफूले जानकारी पाएपछि आरोपितहरुको खोजी सुरु गरिएको इन्स्पेक्टर केशरीले जनाएका छन्। दलित भएकै कारण उनीहरुमाथि कुटपिट भएकाले त्यसको भत्र्सना गर्दै दोषीमाथी कारबाही माग गर्दै दलित अगुवा एवम् जसपाका नेता राजेश विद्रोहीले संविधान र कानुनले अपराध मानेको जातीय हिंसाबाट दलितहरु लगातार पीडित हुनुपर्ने अवस्था दुखद् भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.