स्वास्थ्यकर्मीलाई निजी अस्पताल र क्लिनिकमा काम गर्न रोक

स्वास्थ्यकर्मीलाई निजी अस्पताल र क्लिनिकमा काम गर्न रोक

राजविराज : जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) सप्तरीले सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, अस्पताल वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच्न रोक लगाएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत स्वास्थ्यर्मीहरु ठूलो सङख्यामा संक्रमित भएपछि सो अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिर निजी क्लिनिक, अस्पताल वा अन्य कुनै पनि स्थानमा विरामी जाँच्ने लगायतका कार्य पूर्णत बन्द गर्न डिसिएमसीले निर्देशन दिएको हो।

अस्पतालको आकस्मिक सेवासमेत प्रभावित हुन थालेपछि आकस्मिक सेवा सञ्चालनलाई निरन्तरता दिन विशेष सजगता अपनाउनु पर्ने भएकोले सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए। आकस्मिक कक्षमा कार्यरत तीन जना अहेव संक्रमित भएर आइसोलेशनमा रहेकोमा शुक्रबार पुनः चार जना अहेव संक्रमित हुँदा सात जना आइसोलेशनमा बसेका छन्। 

यसैगरी शंकास्पद तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारी शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन्। ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी आइसोलेशन र  क्वारेन्टाइनमा बसेपछि शुक्रबार आकस्मिक, सर्जरी र ओपिडी सेवा पूर्ण रुपमा बन्द रह्यो। सेवा बन्द भएपछि सधै भीडभाड हुने अस्पताल सुनसान भएको छ।

नजिकै रहेको छिन्नमस्ता अस्पताल (निजी) को शल्यक्रिया कक्षमा कार्यरत सल्यक्रिया सहायकमा समेत शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सो अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी पनि होम  क्वारेन्टाइन बसेका छन्। निजी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी नै सरकारी अस्पतालमा समेत कार्यरत जागिरे रहेकाले त्यस्को असर समेत पर्न गएर सरकारी अस्पतालमा कर्मचारी अभाव भएको छ। गनासिं अस्पतालको सम्पूर्ण सेवा प्रभावित हुने अवस्था आएपछि संकट व्यवस्थापन केन्द्रले क्लिनिक र अन्य ठाउँका बिरामी जाँच्न वन्द गरी सम्पूर्ण ध्यान गनासिं अस्पताल र आइसोलेशन केन्द्र सञ्चालनमा केन्द्रिकृत गर्न निर्देशन दिएको हो।

स्वास्थ्यकर्मी अभावमा स्वास्थ्य सेवा र उपचार सेवाबाट नागरिक वञ्चित हुने अवस्था आउन नदिन र संक्रमण विस्तार हुनबाट रोक्न केन्द्रको बैठकमा छलफलपछि निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत एवम् सूचना अधिकारी आनन्द ठाकुरले बताए।  सोहि निर्णय अनुरुपको व्यवस्थाका लागि गजेन्द्रनारायण सिंह अस्पताललाई समेत निर्देशन दिइएको छ। 

यसैगरी, संक्रमितको सङ्ख्या तीब्रताका साथ बढेपछि लक्षण नेदेखिएका कोरोना संक्रमितहरुलाई व्यवस्थापन गर्न स्थानीय तहमै आइसोलेशन केन्द्र निर्माणका लागि पहल गर्ने निर्णय भएको छ। कोरोना संक्रमितको बढ्दो सङ्ख्यालाई व्यस्थापन गर्न असार २२ गतेकै बैठकमा स्थानीय तहमा आईसोलेशन केन्द्र स्थापना एवम् सञ्चालन गर्ने निर्णय भएको थियो।

बैठकमा स्थानीय तहहरुका प्रमुख/प्रतिनिधिसमेत सहभागी थिए। तर अस्पताल मातहत रहेको राजविराज नगरपालिकास्थित आइसोलेशन केन्द्रबाहेक तिलाठी कोइलाडी गाउँपालिकाले मात्र गत सोमबारदेखि आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ। जसमा तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका २५ जना संक्रमित राखिएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए। 

बैठकको निर्णय बमोजिम स्थानीय तहहरुलाई आइसोलनेशन केन्द्र सञ्चालन गर्न राजनितिक दलहरुमार्फत स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.