खेलाडी, शिक्षक र व्यावसायी संक्रमित

खेलाडी, शिक्षक र व्यावसायी संक्रमित

राजविराज : गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा शनिबार गरिएको पीसीआर परीक्षणमा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी, शिक्षक र पुस्तक व्यावसायीसहित सातजना संक्रमित भएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा भएको परीक्षणअनुसार २५२ जनामध्ये सात जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कोरोना संक्रमित हुनेमा राजविराज नगरपालिका– ५ का ३४ वर्षीय क्रिकेट खेलाडी, ६२ वर्षीय उनका बुवा र ६१ वर्षीया उनकी आमा, सोही वडा बस्ने मविव क्याम्पस राजविराजका आंशिक शिक्षक ४० वर्षीय पुरुष र उनका २५ वर्षीय भाञ्जा तथा राजविराज–७ का ५६ वर्षीय पुस्तक व्यावसायी र उनका २६ वर्षीय छोरा रहेका छन् ।

    
महोत्तरीको बर्दिवासस्थित पावनमिथिला होटलमा साउन १५ गते भएको समृद्धिको बैठकमा पुगेर फर्किएका क्रिकेट खेलाडीलाई ज्वरो, सर्दी लागेपछि चेकजाँच गराएका थिए । आंशिक शिक्षक र उनका भाञ्जाले उनीहरुको छिमेकी संक्रमित भएका कारण परीक्षण गराएका थिए भने पुस्तक व्यावसायी एवम् पत्रिकाका प्रकाशकले पनि शंका लागि चेकजाँच गराएका थिए । 

अग्नीसाइर कृष्ण सवरण र तिरहुत गाउँपालिका तथा शम्भुनाथ र हनुमाननगर कंकालिनी नगरपालिकाबाट संकलित गरिएका १७६ जनाको स्वाबको रिपोर्ट भने नेगेटिभ आएको छ । पछिल्लो पटक गरिएको ७६ जनाको स्वाबको परीक्षण गर्दा राजविराजका सात जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । 

शनिबार राति भएको परीक्षणको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.