अमेरिकामा एक व्यक्तिको गोली प्रहारबाट ८ जना मारिए, थुप्रै घाइते

अमेरिकामा एक व्यक्तिको गोली प्रहारबाट ८ जना मारिए, थुप्रै घाइते

वासिङटन: अमेरिकाको इन्डियानापोलिसस्थित फेडेक्स कम्पनीको कार्यालयमा बिहीबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

विमानस्थल नजिकै भएको उक्त गोलीकाण्डमा धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन् ।

गोली चलाउने व्यक्ति पनि मारिएको प्रहरीले जनाएको छ । एक प्रत्यक्षदर्शी जेरेमी मिलरले स्थानीय विस–टिभीलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले स्वचालित राइफलबाट गोली चलाएको देखेको बताएका छन् । प्रहरी प्रवक्ता जेनी कूकले पत्रकारहरूसँग कुरा गर्दै प्रहरी तत्कालै घटनास्थलमा पुगेको र कारबाही थालेको बताए । उनले भने, 'गोली चलाउने व्यक्तिले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।' 

प्रहरीले उक्त गोलीकाण्डमा धेरै व्यक्तिलाई गोली लागेको र घाइतेहरुलाई तत्कालै अस्पताल पुर्‍याइएको जनाएको छ । फेडेक्सका एक प्रवक्ताले कार्यालयमा गोली चलेको र आफूहरुले प्रहरीलाई मद्दत गरिरहेको जानकारी दिएका छन् ।

गत महिना पनि दक्षिणी क्यालिफोर्नियामा भएको यस्तै आक्रमणमा एक बच्चासहित चार व्यक्ति मारिएका थिए । मार्च २२ मा पनि कोलोराडो राज्यको बाउल्डरमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो । संयुक्तराज्य अमेरिकामा हरेक वर्ष गोली लागेर झण्डै ४० हजार व्यक्तिको मृत्यु हुने गरेको अध्ययनले देखाएका छन् । यीमध्ये आधाभन्दा बढी गोली चलाएर आत्महत्या गरेका घटना छन् ।

संयुक्तराज्य अमेरिकामा बन्दुकको नियमन गर्ने मुद्दा राजनीतिक तहमा निकै ठूलो बहस हुने गरेको छ । तर बन्दुक राख्ने बारेमा कडा कानूनको अभावमा यसको गलत प्रयोग बढ्दो छ । राष्ट्रपति जो बाइडेनले यसै महिना ६ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.