मध्य अफ्रिकी मुलुक चादका राष्ट्रपति विद्रोहीसँगको भीडन्तमा मारिए

मध्य अफ्रिकी मुलुक चादका राष्ट्रपति विद्रोहीसँगको भीडन्तमा मारिए

एनजमेना : मध्य अफ्रिकी मुलुक चादका राष्ट्रपति इद्रिस देबाइ विद्रोहीसँगको भीडन्तमा मारिएका छन्।

राष्ट्रपति देबाइ मुलुकको उत्तरी क्षेत्रमा इस्लामिक लडाकुसँग भइरहेको लडाइँमा सोमबार सेनासँगै अग्रपंक्तिमा पुगेका थिए। लडाइँमा घाइते भएका उनको मंगलबार निधन भएको रोयटर्सले जनाएको छ।

राष्ट्रपति देबाइ आफू राष्ट्रपतिमा सुनिएको घोषणा भएको एकदिनपछि मारिएका हुन्। उनले चादमा ३० वर्ष लामो शासन चलाएका थिए। उनी पहिलोपटक सन् १९९० मा राष्ट्रपति बनेका थिए। उनी अफ्रिकी मुलकमा सबभन्दा धेरै लामो समयसम्म शासन सञ्चालक गर्ने शासकमध्ये एक हुन्।

उनी मारिएसँगै उनका छोरा महमत काकालाई अन्तरिम राष्ट्रपति बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.