भारतमा फेरि अर्को अस्पतालमा आगलागी, ३ जनाको मृत्यु
नयाँदिल्ली: भारतको मुम्बइस्थित एक अस्पतालमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।
पछिल्ला केही दिनको अन्तरमा महाराष्ट्रका अस्पतालमा भएको यो तेस्रो आगलागीको घटना हो । गत साता नशिक अस्पतालमा पनि आगलागीबाट २४ जना बिरामीको मृत्यु भएको थियो । त्यसको केही दिनपछि मुम्बइ नजिकै अर्को कोभिड अस्पतालमा आगलागीबाट तीनजना कोरोना संक्रमितको मृत्यु भयो ।
बुधबार पनि प्राइम क्रिटिकेयर हस्पिटलमा त्यस्तै प्रकृतिको आगलागी भएको हो । जहाँ तीन जना बिरामीको मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान गरिने महाराष्ट्र सरकारले जनाएको छ । आगलागीले गर्दा अस्पतालको भवनको पहिलो तलामा ठूलो क्षति पुर्याएको छ ।