भारतसँग सम्बन्ध विस्तार भयो: अमेरिका

भारतसँग सम्बन्ध विस्तार भयो: अमेरिका

वासिङटन: भारत र अमेरिकाबीचको सम्बन्ध पछिल्लो समय तिब्र बनेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको १ सय दिनको अवधि सम्पन्न हुँदै गर्दा वासिङटनस्थित बाइडेन प्रशासनले भारतसँगको सम्बन्धबारे प्रतिक्रिया दिएको हो ।

यस अवधिमा दुई देशबीचको सम्बन्धले विश्वव्यापी बृहत्तर साझेदारीलाई दर्शाएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताए । साथै पछिल्लो १ सय दिनको अवधिमा आफूहरु भारतसँगको सम्बन्धमा केन्द्रित रहेको पनि प्राइसले बताए ।

"पछिल्लो १ सय दिनको अवधिमा भारतमाथि चासो केन्द्रित गरिएको छ । राष्ट्रपति बाइडेनले पनि हिजो रातिको आफ्नो सम्वोधनको क्रममा भारतको चर्चा गर्नुभयो । र मलाई लाग्छ कि तपाइँ गहिरो साझेदारी र साझेदारीका लागि प्रतिवद्धता हेर्न सक्नुहुन्छ," प्राइसले पत्रकार सम्मेलनको क्रममा भनेका छन् ।

बाइडेनले यसबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत संवाद गरिसकेका छन् । साथै अमेरिकी अन्य उच्च अधिकारी र भारतीय अधिकारीहरुबीच पनि बारम्बार संवाद भएको छ ।

धेरै पटक भारतीय प्रतिनिधिमण्डलसँग आफूहरुले कुराकानी गरिसकेको र अमेरिकी प्रतिनिधि मण्डल वार्ताका लागि भारत पुगेको प्रसंग कोट्याउँदै प्राइसले दुई देशबीचको सम्बन्ध प्रष्ट्याउन खोजेका थिए ।

साथै अमेरिकाले भारतसँग बहुपक्षीय सन्दर्भमा र क्वाड मार्फत मन्त्री तहमा र पहिलो पटक नेतृत्व स्तरमा संवाद भएको प्राइसले बताए । साथै उनले भारतलाई जलवायुसँगै स्वास्थ्य सहयोग गर्नेबारे पनि उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.