बंगलादेशमा डुंगा दुर्घटना: कम्तिमा २५ जनाको मृत्यु

बंगलादेशमा डुंगा दुर्घटना: कम्तिमा २५ जनाको मृत्यु

ढाका: बंगलादेशमा दुई डुंगा ठोक्किँदा कम्तिमा २५ जना यात्रुको मृत्यु भएको छ । सोमबार शिबचर सहर नजिकै पदमा नदीमा डुंगा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट ५ यात्रुलाई सकुशल उद्वार गरिएको छ । ३० जना यात्रु बोकेको डुंगा र अर्को सामान ढुवानी गर्ने डुंगा आपसमा ठोक्किएका थिए ।

दुर्घटनास्थलमा अरु केही मानिस हराएको हुनसक्ने बताइएको छ । बंगलादेशमा समुद्री दुर्घटना हरेक वर्ष हुने गरेका छन् । यस्ता दुर्घटनामा विज्ञहरुले यात्रुको भीड, डुंगाको खराब संरचना तथा सुरक्षा सावधानीलाई मुख्य कारण मान्ने गरेका छन् ।

अप्रिलको पहिलो साता नै ५० यात्रु बोकेको डुंगा दुर्घटना हुँदा ३० जना भन्दा धेरैको मृत्यु भएको थियो । गत वर्ष जुनमा पनि यस्तै दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो । २०१५ फेब्रुअरीमा पनि डुंगा दुर्घटनाको क्रममा कम्तिमा ७८ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.