चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा, ११ को मृत्यु

चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा, ११ को मृत्यु

कोलकाता : भारतको पश्चिम बंगाल प्रदेशमा हालै सम्पन्न विधानसभाको मतपरिणाम लगत्तै राजनीतिक हिंसा भड्किएको छ। हिंसामा हालसम्म ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

चुनावको नतिजा आएकै दिन कोलकातास्थित भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा विपक्षीले आगो लगाएको जनाइएको छ। त्यस्तै सोमबार दुई जना भाजपा कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको खबर प्राप्त भएको थियो।  मंगलबारसम्ममा ९ जनाको हत्या भइसकेको भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले बताएका छन्।

भाजपाले मुख्यमन्त्री ममता बेनर्जीको निर्देशनमा आफूहरूमाथि हमला भइरहेको आरोप लगाएको छ। त्यस्तै प्रहरी प्रशासनसमेत मुकदर्शक बनेको सो पार्टीले बताएको छ।

हिंसा भड्किएपछि मुख्यमन्त्री बेनर्जीले शान्तिको लागि आव्हान गरेकी छिन्।

चुनावमा अल इन्डिया तृणमूल कंग्रेसले २१३ र भाजपाले ७७ स्थानमा जित निकालेका छन्।


 

हरा गुलाल लगा ये गुण्डे किस प्रकार भाजपा के समर्थकों पर हमला कर रहें है !! pic.twitter.com/04EodB2opH

— Sambit Patra (@sambitswaraj) May 3, 2021

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.