मेक्सिकोमा पुल भत्किँदा १५ को मृत्यु, ३४ घाइते
मेक्सिको सिटी: मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सब वे पुल भत्किँदा कम्तिमा १५ जना घाइते भएका छन् ।
सोमबार उक्त पुल आंशिक रुपमा भत्किँदा अरु ३४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।
मेयर क्लाउडिया शेइनबमका अनुसार घटनास्थलबाट उद्वार गरिएकाहरुको उपचार भइरहेको छ । घाइते ३४ मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । पुल भत्किँदा रेल समेत सडकबाट तल खसेको थियो । जहाँबाट उद्वार गरिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
पुल कसरी भत्कियो भन्नेबारे विस्तृतमा खोजी भएको छैन । सरकारले घटनाबारे थप अनुसन्धान गरिने जनाएको छ ।