फेसबुक र ट्वीटरमा प्रतिबन्धित ट्रम्पले ल्याए आफ्नै वेबसाइट

फेसबुक र ट्वीटरमा प्रतिबन्धित ट्रम्पले ल्याए आफ्नै वेबसाइट

वासिङटन : फेसबुक र ट्वीटरमा प्रतिबन्धित भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ‘लन्च’ गरेका छन्। उनले आफ्ना गतिविधिलाई सार्वजनिक गर्ने ‘डोनाल्डजेट्रम्प डटकम/डेस्क’ मंगलबार सार्वजनिक गरेका हुन्।

परिस्कृत ब्लगको रूपमा व्याख्या गरिएको ट्रम्पको वेबसाइट खोल्दा उनले डायरीमा केही लेखिरहेको सानो उनको तस्बिर देखिन्छ। उनको तस्बिमुनि अमेरिकालाई फेरि विशाल बनाउनेमा विश्वास गर्ने बताइएको छ। साथै प्रयोगकर्तालाई जोडिन पनि आग्रह गरिएको छ।

वेबसाइटमा आधा मिनेटको भिडियो राखिएको छ। भिडियोमा ट्वीटर र फेसबुकले प्रतिबन्ध लगाएको कुरादेखि अमेरिकालाई जोगाउन आग्रहसहितको नारा रहेको वेबसाइटको जानकारी रहेको छ। त्यसमुनि ट्रम्पका भनाइ तथा उनका विचारहरू क्रमशः राखिएका छन्। 

ट्रम्पका भनाइलाई ट्वीटर र फेसबुकमा सेयर गर्न मिल्ने गरी ‘आइकन’ राखिएका छन्। तर त्यसमा कसैले पनि कमेन्ट तथा जवाफ फर्काउन पाउने छैनन्।

त्यस्तै प्रयोगकर्तालाई नयाँ जानकारी प्राप्त गर्नका लागि ‘साइन अप अलर्ट’ समेत राखिएको छ। त्यसमा नाम, इमेल र फोन नम्बर राखेर प्रयोगकर्ताले नयाँ जानकारी पाउन सक्छन्। वेबसाइटमा नयाँ सामग्री राख्ने बित्तिकै प्रयोगकर्तामा जानकारी पुग्नेछ।

ट्रम्पका वरिष्ठ सल्लाहकार जेसोन मिलरले वेबसाइटबारे ट्वीटरमार्फत् प्रष्ट पार्न खोजेका छन्। ‘राष्ट्रपति ट्रम्पको वेबसाइट उहाँको पहिलो कार्यकालका महत्वपूर्ण काम र पछिल्ला वक्तव्यका स्रोत हो’, उनले भनेका छन्, ‘तर नयाँ सामाजिक सञ्जाल भने होइन।’

उनले निकट भविष्यमै थप जानकारीसहित आउने बताएका छन्।

गत वर्ष अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा हार व्यहारेका ट्रम्पले लामो समयसम्म त्यो हार स्विकारेका थिएनन्। उनका प्रतिस्पर्धी जो बाइडनको जित भएको घोषणा गर्न लाग्दा उनका समर्थकहरूले कंग्रेस भवनमा आक्रमण गरेका थिए।

सामाजिक सञ्जालमा राखेका ट्रम्पका अभिव्यक्तिले हिंसा भड्काएको भन्दै त्यसबेला फेसबुक र ट्वीटरले स्थायी रूपमा उनको अकाउन्टलाई प्रतिबन्ध लगाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.