ब्राजिलमा प्रहरी कारबाही, कम्तिमा २५ जनाको मृत्यु

ब्राजिलमा प्रहरी कारबाही, कम्तिमा २५ जनाको मृत्यु

रियो द जेनेरो : ब्राजिलको रियो द जेनेरोमा भएको प्रहरी कारबाहीमा कम्तिमा २५ जनाको मृत्यु भएको छ। कारबाहीमा एक जना प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ।

 
प्रहरीले त्यस क्षेत्रमा लागूऔषध तस्करहरूले बालबालिकालाई आफ्नो समूहमा सामेल गर्दै गरेको सूचनाका आधारमा अपरेशन सञ्चालन गरेको थियो। सो समूहले यसअघि लागूऔषध तस्करी, चोरी, हत्या तथा अपहरणलगायतका अपराधमा संलग्न रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

टेलिभिजनमा प्रशारित भिडियोका अनुसार प्रहरी आएको थाहा पाएपछि तस्करहरू घरका छतहरूमा लुक्न खोजेका थिए। त्यस क्षेत्रका निबासी एक स्थानीयले आफ्नो घरको रगताम्य भुइँको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। 

उनले अब आफूहरू त्यस क्षेत्रमा बस्न नसक्ने बताएका छन्। 
 
प्रहरीले अन्य बासिन्दाहरूलाई फोन चलाउन दिएका छैनन्। त्यस्तै कतिपयलाई तस्करी समूहको सदस्य भएको आरोप लगाउँदै फोन चलाउन नदिइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.