चन्द्रागिरीको चुचुरोमा जुँगा मुछेको सिलसिला

चन्द्रागिरीको चुचुरोमा जुँगा मुछेको सिलसिला

ज्ञान, विज्ञान अनि मनोविज्ञानले आपसी अँगालो हालेकै हुन्छ। नांगो नयनले छर्लंग हेर्न, देख्न नपाइने यो रहस्य...! अनुभूतिगम्य छ। अनुभूतिगम्य भन्नु भित्री आँखाले नियाल्नु नै हो। प्रकृतिमा रमाउन सक्नु त्यहाँको जीवन–वायु पर्याप्त उपभोग गर्न पाउनु र सक्ने वातावरण उपयोग र उपभोग गर्न पाउनु त हो। सिद्घार्थ गौतमले बुद्घत्व त्यहीँबाट प्राप्त गरेथे।


थाहै थिएन। हाइ सञ्चो। हाइ सञ्चो पीरमुक्त स्थिति। योगी, मुनिहरू तपोवन साधना गर्छन्। जसले साधना गर्छन् उही त साधक बन्छन्, हुन्छन्। ऋषि–मुनिहरू प्रकृतिमै रमाउँछन्। रमाउनु सन्तुष्टिकै फल बन्छ। रमाउनु र सन्तुष्टिबीच रमणीय तर मजबुत सेतु निर्मित छ। यो प्रसंग अलिकति मनोविज्ञानमूलक छ। ज्ञान, विज्ञान अनि मनोविज्ञानले आपसी अँगालो हालेकै हुन्छ। नांगो नयनले छर्लंग हेर्न, देख्न नपाइने यो रहस्य...! अनुभूतिगम्य छ। अनुभूतिगम्य भन्नु भित्री आँखाले नियाल्नु नै हो।

प्रकृतिमा रमाउन सक्नु त्यहाँको जीवन–वायु पर्याप्त उपभोग गर्न पाउनु र सक्ने वातावरण उपयोग र उपभोग गर्न पाउनु त हो। सिद्धार्थ गौतमले बुद्धत्व त्यहीँबाट प्राप्त गरेथे। पर्याप्त जीवन–वायु, हरियाली कलकल नदी पानी प्रवाह, चराचुरुंगीका कलरब ध्वनी गुञ्जन आदि प्राकृतिक भोजन, अन्न भकारी भित्रको भन्दा कतिकति गुणा पौष्टिक... हाइहाइ न खाइखाइको अवस्था चिन्तामुक्त स्थिति। चिन्तामुक्त रहन मोहजाल मुक्त हुनुपर्दोरहेछ। मोहजाल मुक्त रहन सांसारिकता मुक्त हुनुपर्दोरहेछ। क्रमभंग गर्ने चाह एक प्रकारको आन्दोलन कै अन्त। आन्दोलित हुन वा आन्दोलनरत राख्न सापेक्षित मनस्थिति सार्थक सवल रहेसम्म टिक्दोरहेछ। चञ्चल स्वभाव यसका लागि आत्मघाती रहन्छ। रोचक मित्रले एक अर्को रोचक घटना विवरण सुनाउनु भएथ्यो। तिनै विवरण पाठक बन्धुबीच गाँठो फुकाउन लागेको थिएँ। मै यस्ता बेढंगी क्रमभंगको बिलखवन्दमा फसेछु। भन्न सजिलै भनिन्छ। गर्न त पोख्त सीपवान मन र अक्कल चाहिँदो रैछ। त्यसैत मंगले आफ्नै ढंगले उखान सार्थक बन्दोरैछ।

हाडबिनाको जिब्रो फट्कार्ने वक्ता बनेझैं निर्बन्ध आत्मपरक निबन्धकारका घरठेगान हुँदोरैनछ। कहिले यता कहिले उता दलबलकारी प्रबल नेता ! राष्ट्रका भाग्यविधाताजस्ता...! प्रशंग ज.ब.ज.का प्रबल प्रणेता कमरेड स्व. मदन भण्डारीका ! कमरेड मदन भण्डारीलाई चिन्छु सशरीर। अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी एक साथ भ्रमण गर्दै २०४७/४८ तिर सुर्खेत आउनु भएथ्यो। सुर्खेतको सभागृहमा उहाँहरूले सम्बोधन गर्नु भएथ्यो। मैले नि त्यहाँ अवसर छोपेथें। नछोपेको भए त्यस अवसर सायद उहाँहरू सदेह जीवन्त देख्ने, भेट्ने, सुन्ने अवसर गुुुमाउँदो हुँ। मौका गाएर बिलौना गर्नुजस्तो मुख्र्याईँ के पो हुँदो हो ? उदेक लाग्छ ! आफैंसित; आफैंलाई।

सीमाको लचकदारिता नाघेपछि चुँडिन्छ रबर ! सीमाहीनता विश्वविधाता भनौं प्रकृतिमाताका कुनै बन्धन नै हुन्न। अजस्र सृष्टिका परिवर्तनशील स्वाभावले सबैलाई परिवर्तित अवस्थामा पुर्‍याएकै छ र हुन्छ। 

दुःखद् दुर्घटना घट्यो २०५० जेठ ३ गते, दासढुंगा काण्ड। कमरेडद्वय मदन भण्डारी अनि जीवराज आश्रितले यात्रा भरेका जीप दुर्घटना ग्रस्त भए। आमसञ्चार माध्यमहरूले रहस्यमय दुर्घटना भने। गाडीचालक भने जीवित उत्रे। अनपेक्षित, अनुत्तरित घटना रहस्यकै गर्भगृहका निराकार भ्रुण बनेको बन्यै छ अद्यावधि ! जननी जन्म भूमिश्च स्वर्गादपि गरी यशी पढेबुझेको त रहस्यादपि रहस्यमयि पनि रहेछ ! कुरो र कुलोको धार आफ्नै हुन्न। कुलो जता फर्कायो उतै तेर्सिन्छ। कुरो पनि जतातिर मोड्यो उतै मोेडिन्छ। कुलो फर्काउन हातमा सीप, कुरो मोड्न विवेकशील तर्क चाहिँदो रैछ। मानिस हातमा सीप र मनमस्तिष्कमा विवेकशील तर्कपूर्ण प्राणी नै त भए। जे भए नि मनको ढुकढुकी मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कला–साहित्य–संगीतिक कार्यक्रमको भव्यताकै वर्णन रहेको रह्यै छ।

चन्द्रागिरीको प्राकृतिक छटा, आधुनिक यातायात पूर्वाधार साधना, चन्द्र ढकालका पर्यटन प्रवद्र्धनमुखी केवलकारको सुप्रबन्ध आदिको बखानले मन्त्रमुग्ध पारेको रोचकजीका वर्णन...! साढे छयासी वर्षको तन्नेरी वैशको आकांक्षा अनुमानभन्दा धेरै गुणा भिमकायका हुँदारैछन्। जान्न बुझ्न चाहने उत्कण्ठाका लागि छेकबार हुँदोरैनछ कतै, कठैबरी ! इच्छा–आकांक्षाका त्यान्द्रो नितान्त लचकदार हुँदोरैनछन्। त्यति लचकदार त रबरका त्यान्द्रो नि नहुँदा हुन् सायद ! रबरको त्यान्द्रोको लचकको सीमा हुन्छ। सीमाको लचकदारिता नाघेपछि चुँडिन्छ रबर ! सीमाहीनता विश्वविधाता भनौं प्रकृतिमाताका कुनै बन्धन नै हुन्न। अजस्र सृष्टिका परिवर्तनशील स्वाभावले सबैलाई परिवर्तित अवस्थामा पुर्‍याएकै छ र हुन्छ। प्रकृतिको यो स्वभावमा नैरन्तर्य छ। यही निरन्ततालाई आत्मसात गर्दै बाँच्नु जीवनको नैरन्तर्य ठान्छ यो जीवन्त जीवन चरो...!

चन्द्रागिरी पर्वतका सुखद् वर्णन इतिहासका भिन्न भिन्न कालखण्ड वाचक पानाहरूमा पढेको झझल्को अझै मनग्यै छ। गोरखाका राजा पृथ्वीनारायण शाह चन्द्रागिरीको टुप्पो उक्लेर एक फन्को लाए। यता काठमाडौं उपत्यकातिर फर्की जुँगामा ताउ लाएको साथका द्वारे सुसारे आसेपासे सद्भावुक सहचारीहरूले पृथ्वीनारायण शाहका भावकामनाका मनोविज्ञान यसरी विसाए, ‘हजुरको मनोध्याउना बुझ्यौं यसरी कि हजुरले काठमाडौं उपत्यकामाथि शर जमाउन चाहनुभएको छ’ रोचक मित्रले वर्णन गर्नुभयो। झसंगिएँ आफैं यसरी कि उनीझैं तीक्ष्ण पुरुषलाई काठमाडौं उपत्यकामाथि धावा बोल्ने अन्तरप्रेरणा नै पनि बन्न सक्छ। मनोविश्लेषण मात्र मेरो यो !

काठमाडौं उपत्यका शर गर्न केवल मनको उत्कण्ठा मात्र सबथोक थिएन। त्यसका लागि उनले अनेक अनेक उपायको साधना गरे। शर गर्नु भनेको कब्जा जमाउनु नै हो। निर्विवाद सत्य यो ! वादे वादे जायेते तत्व बोधका जरो किलो मर्मबोधी चेत नै थिए उनी। विश्लेषण गर्दै जाँदा त्यसको मर्मभेदी मन्त्र खुल्छ। इष्टमि/जेठीमधु एक झार वस्तु। जंगल प्रकृतिका एक स्वरूप। इष्टमि नेपाल भाषा शब्द स्वरूप। इष्ट संस्कृत शब्द पनि। इष्ट मित्र नि संस्कृत शब्द नै हो। इष्टमित्रबाट अन्तिम अक्षर एउटा ‘त्र’ झिक्दा इष्टमि बन्छ। भाषा विज्ञान अनुरूप यस्ता कूट कला–साधना सर्वभाषिक स्वरूप रहेको छ। लुफ्ट शब्दको जर्मन भाषामा हावा हुँदोरहेछ। हंस शब्द हाँसवाचक शब्द छ। लुफ्ट + हंस दुई भाषीय शब्द सन्धि हुँदा लुफ्ट + हंस = लुफ्थान्सा उच्चारण हुनपुग्यो। स्वस्तिका शब्द संस्कृत शब्द नै हुन्। त्यसको अर्थ हुन्छ अभिवादन। थाइ भाषाभाषीहरू नमस्कार/अभिवादन भन्न सवादिक्याय भन्छन्। सवादिक्यायको अर्थ खुल्यो मलाई। भाषाविज्ञान शास्त्र अध्ययनको क्रममा अन्तरराष्ट्रिय विद्यार्थी समूहसाथ सहपाठ गर्दा। इण्डोनेशियालीहरू भाषालाई बहासा भन्दारैछन्। तिनीहरूसित सहपाठी हुँदा सिकेको जानकारी मेरा यी। अमेरिकी, बेलायतीहरू ‘भ’ उच्चारण कठिन मान्छन्। उनीहरूका भी अक्षरलाई हामी ‘भ’ उच्चारण गर्छौं। उनीहरू त्यसलाई ‘ब’ आधि ‘व’ आधि संयुक्त बनाई उच्चारण गर्छन्। थरिथरिका देश, भाषा, संस्कार मण्डित सांस्कृतिक परम्पराले गाजिँदा मानिस जातिकै अहम् सम्पदा निर्माण हुँदोरैछन्।

अलि गम्भीर चिन्तनले हिलोको गर्भबाट कमलको फूल फक्रेझैं मानव मस्तिष्कमा फक्रन्छ। शाश्वत सत्य बन्छ यो। राजनीतिक उत्सर्ग र उत्कर्षका लागि जसरी साम नीति अनुशरण योग छ; त्यसरी नै दान नीति रहेको छ।

पृथ्वीनारायण शाह जसलाई इतिहास नेपाल राष्ट्रनिर्माता मान्छ। चन्द्रागिरीको टुप्पोबाट काठमाडौं  उपत्यका नियाल्दै जुँगामा ताउ हाल्छन्। त्यसकै मनोविज्ञानमूलक अभिप्राय प्रक्षेपण गर्ने पकड लिएको छु। त्यसै सन्दर्भमा विविध सांस्कृतिक संस्कारका पृष्ठभूमिमा भाषिक अभिव्यञ्जना हुने प्रचलनहरू उदाहरण गर्न चाहेथें। माथिल्ला उदाहरण त्यतिमै सीमित छन्। निबन्धकारिताका निर्बन्ध विचरण यस्तै त बन्छन्, बन्दारहेछन्। झन्डै पौने तीन शताब्दीव्यापी उनका राजनीतिक सुझबुझ चन्द्रागिरीकै उचाइमूलक लाग्छ। उनका सुझबुझ राजनीतिक, आर्थिक, औद्योगिक, सामाजिक, धार्मिक, सांस्कृतिक, अन्तर्राष्ट्रिय र सैनिक नीतिहरू दिव्योपदेशका साङ्लो प्रक्षेपण गर्छ। उसबेलाका दिव्य उपदेश सम्भवतः यस बेलाका स्वेतपत्र, घोषणा पत्र आदि हुन सक्छन्।

उसताका शाही बाजेहरूका पालामा भनूँ यसबेलाका बाहुन् कि नहुन् यस लोकतान्त्रिक ध्वाङ् फुकाई युगान्तकारी लाग्छ। पृथ्वीनारायण शाहले चन्द्रागिरीको चुचुरोबाट भए गरेका राजकीय सर्भेक्षणले साम, दाम, दण्ड, भेदकै पूर्वीय जीवन दर्शन अँगालेकै बुझिन्छ। पृथ्वीनारायण शाहले पहिलो राजनीतिक साधनालाई सम्झाई बुझाई आफ्नो पक्षधर बनाउने नै ठाने, माने। पक्षधरहरूलाई रकम (तलव दान) उपहार प्रदान, भूमिदान (बिर्ता), अपराधीलाई दण्ड–सजाय, यी तीनै साधनाबाट पनि असावधानी रहनेलाई भेदभावबाटै गलहत्याउने नीति अपनाउनै मन्त्र साधना गर्ने नीति अँगालेको सूक्ष्म भेद मन्त्र जपेको दिव्य उपदेश बनाएको छ। पृथ्वीनारायणले अनुशरण गरेका साम, दाम, दण्ड, भेदमूलक नीति वर्तमानकै लागि पनि असान्दर्भिक ठान्दिनँ भन्छु।

समाज र देशका राजनीतिक मनोभावहरू केही फेरबदल रहेर पनि सत्ता मनोविज्ञान आत्माभिमुख नै रहेको विश्व दर्पणमै प्रतिबिम्बित भइरहेको पाइन्छ। साम नीतिअनुरूप पृथ्वीले नेपाल एकीकरण अभियानको क्रममा मितेरी भावले सबैभन्दा पहिले भक्तपुरका राजा रणजित मल्लका छोरा राजकुमार वीरनरसिं सित मितेरी साइनो गाँसे। मितेरी नाताले भक्तपुर दरबार प्रवेश गर्ने मार्ग प्रशस्त भयो। तत्कालीन मल्लवंशीय नेपाल मण्डलको भूराजनीतिक अवस्था अध्ययन गर्ने स्वर्ण अवसर प्राप्त गरे। बेलाबखत गोरखा दरबार आउजाउ गर्दा नुवाकोट, बन्दीपुर आदिका स्थिति बोध गर्ने सुनौलो अवसर प्राप्त भएको निर्विवाद सत्य साबितिन्छ। राजनीतिक जुनकुनै परिसरका लागि साम नीति हुबहु उस्ताउस्तै हुने गर्छ। अलि गम्भीर चिन्तनले हिलोको गर्भबाट कमलको फूल फक्रेझैं मानव मस्तिष्कमा फक्रन्छ। शाश्वत सत्य बन्छ यो। राजनीतिक उत्सर्ग र उत्कर्षका लागि जसरी साम नीति अनुशरण योग छ; त्यसरी नै दान नीति रहेको छ।

राजनीतिक चाँजोपाँजो तराजुजस्तै सन्तुलित राख्न दान नीतिको ढकतराजु दुरुस्त राख्नुपर्ने नै हुन्छ। नत्र राजनीतिक अन्तरंग फुस्रिन्छ। राजनीतिक क्षितिजलाई चहकमहक दिइराख्न दण्डभेदको तराजु उत्तिकै ठिक्क र मिलाई राख्न जरुरी हुन्छ; जत्तिकै साम, दाम। दण्ड नीति अवलम्बन दुई कारण गरिन्छ। पहिलो संस्थागत पवित्रता जोगाउन। दोस्रो, नेता कार्यकर्ताका आचारसंहिता स्खलित नपार्न, हुन नदिन। दण्डनीय क्रियाकलाप हुन नदिन र हुनबाट संगठनलाई बचाउन पनि यसको अपरिहार्य अनुभूति गरिएको हुन्छ। मानिसमा सदासय भावका साथै बलमिचाहापनका प्रवृत्ति दुवै सँगसँगै हिँडिरहेका हुन्छन्– दुई पाइला, दुई पाखुरा, दुई आँखा, दुई कान, दुई नासिकासरह ! सन्तुलित सहविन्यासले मानिसबाट मानव बन्दा हौं। असन्तुलित सोच विचारबाट दानव। सन्तुलनका अभावले उपद्रवी दानवतातिर लम्काइदिन्छ हामीलाई। प्रकृतिसित अन्तरनिहित विधाताको विधि बनेको यो।

यी र यस्तै अनेकानेक असमान असामञ्जस्यले हामीभित्र आफैंले भेद–विभेद उब्जाइरहेका हुन्छौं। यसबाट बच्न हामी आफैंले आफूलाई विभेदी तŒव बनाइरहेका हुन्छौं। विभेदी आत्मस्वाभावले हामीलाई भेदक बनाएको हुन्छ। पूर्वीय जीवन दर्शनमूलक यी चिन्तनले राजनीतिक बृहद् क्षेत्रमा भेदभावले ओतप्रोत पारिदिँदो कुरोको चुरो फेला पार्ने मार्गप्रशस्त हुन्छ। अनि समसामयिक चिन्तनबिनाको एकलकाँटे स्वाभाव उत्पन्न हुनथाल्छ। हठी बन्छौं हामी ! पूर्वीय जीवन दर्शनमा आधारित अर्थात् आधारशिला बनाएको स्वस्थ राजनीतिक चिन्तनले असन्तुलित आचरणमा सामञ्जस्य कायम गर्न गहकिलो भूमिका निर्वाह गर्न मार्गप्रशस्त गर्छ। हाम्रै राजनीतिक धरातल चहार्दै कसैले साधारण, कर्मठ–क्रियाशील दोस्रो, पहिलो तहका नेतृत्ववाहक कोटीका व्यक्ति–व्यक्तित्व–नेतृत्वका पुस्ताका पुस्तामा भेद कायम रहेगरेको भेटिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.