कोभिडमा लिट्मस

कोभिडमा लिट्मस

खेलकुद क्षेत्रमा सबैभन्दा एक्लो महसुस गर्ने खेलाडी को हुन्छ थाहा छ, तपाईंलाई ? पेनाल्टी किक सामना गर्न लागेको गोलरक्षक। त्यो क्षण उर्पm पेनाल्टीका बेला सहकर्मीहरूले चाहेर पनि सघाउन सक्दैनन्। कोरोना त पेनाल्टीभन्दा डेन्जर रहेछ। एक्लै, एक्लै बिताएँ एचडीयू सारेदेखिका दिनहरू।

राउण्डमा आउने डाक्टरहरू, औषधि बाँड्न वा सूई दिन आउने नर्सहरू, अभ्यास सिकाउन आउने फिजियोका स्टाफहरू बाहेक अन्य कोही भेटघाट गर्न आउने स्थिति थिएन। अस्पताल बसाईका फुर्सदिला क्षणहरू, वाक्क लाग्दा पलहरू, कहिले सिलिङ पंखा हेरेर, स्लाइनका थोपा थोपा गरेर, मनिटरमा अक्सिजन अनि मुटुको चाल, रक्तचाप हेरेर, अस्पतालको झ्यालबाहिर रोपाईंको अनि चराका क्रियाकलाप हेरेर, सफाईकर्मी अनि अक्सिजन सिलिण्डर डेलिभरी गर्न आउने व्यक्तिहरूको खटाई हेरेर।

कोरोना संक्रमणले शिथिल भई बेडमा पल्टिरहँदा आफ्नो मथिंगलमा आपूmलाई कहाँबाट संक्रमण सर्‍यो होला भन्ने कुराको सम्भावित ठाउँहरू, आफ्नै सम्भावित व्यवहारहरू रिवाईन्ड एण्ड प्ले गर्न खोजें। तर विपी कोइरालाको शत्रु कथाजस्तो साबित भएपछि हैट... भनेर सोच्नै छोडें। एकातिर आफ्नो कर्म स्वास्थ्यसेवा, कर्मथलो अस्पताल अनि कोभिड व्यवस्थापनको सिलसिलामा अनगिन्ती मानिससँग जनसम्पर्कमा रहिरहनुपर्ने कारण यो दोस्रो लहरमा त के पहिलो लहरमै संक्रमित हुनसक्ने सम्भावना निकै थियो। पहिलो लहर पार गरेको थिएँ। संक्रमण लागेर पनि पहिचान नभएको हो, दैव जानुन्। 

अर्काेतिर, यसपटक कोरोनाविरुद्धको खोप वितरणको सुरुआती चरणमै कोभिसिल्ड खोप लगाइसकेकाले संक्रमण नहोला भन्नेमा ढुक्कै थिएँ। मेरो यो आत्मविश्वास या दृढता पानीको फोका साबित भयो। दुई डोज कोभिसिल्ड खोप लगाएको भन्दैमा कोरोना संक्रमणका विरुद्धको एसएमएस (स्यानीटाइजर/साबुन, मास्क, सामाजिक दूरी) अभियानलाई नजरअन्दाज गरेको थिइनँ। तर यसो त्यसो कोभिडबाट संक्रमित भइयो।

म मात्रै होइन, परिवारका चारैजना संक्रमित भयौं। हामी चारजनाका लक्षण चिह्नहरू फरक फरक देखिए, त्यसैले पनि कोभिड नै होला भन्नेमा शंकै थियो। तर पनि शंकास्पद लक्षण चिह्नहरू देखिएको केही दिनमै पीसीआर टेस्टिङ गर्न गयौं। स्वाब दिइवरी नतिजा आउने समय हुनै लाग्दा मुटुको धड्कन चितुवाको गतिमा बढ्दै जानेरहेछ। ऊ बेला रेडियो नेपालबाट एसएलसीको नतिजा प्रकाशन भयो भन्ने बिहानको समाचार सुनेदेखि गोरखापत्र हातमा नपरेसम्मको नियति हुनेरहेछ। आखिरमा कोभिड परीक्षणमा पोजिटिभ देखियो, एसएलसी भाकामा ब्याक लाग्यो। मानवीय जीवनमा हरेक कुरामा पोजिटिभ हुनु राम्रो कुरा होइन रहेछ, कोभिड पोजिटिभ भएपछि यही कुरा मनन गरें, मैले।

कोभिसिल्ड दुई डोज लगाइसकेका कारण सायद मलाई पनि डेल्टा भेरिएन्टले संक्रमण गरेको हुनुपर्छ। तर आफ्नो वा अन्यको हेलचेक्र्याईंले संक्रमित हुन पुगेकोमा कति पनि ग्लानी यसकारण छैन कि मैले म कार्यरत अस्पतालको, अस्पतालकर्मीको अनि मेरो आफ्नै सोचको परीक्षण गर्ने लिट्मसको भूमिका निभाउन पाएँ।

पीसीआर रिपोर्ट पोजिटिभ आएको एकाध दिन घरमै आइसोलेनमै रह्यौं। तर घरभित्रको माहोल बेहाल थियो। पटकपटक एकले अर्कोलाई कस्तो छ, गाह्रो भइरहेको छ भनेर सोध्दा खासै छैन भनेर झुठै सही आश्वस्त पाथ्र्यौं। पल्स अक्सिमिटर मेशिनले शरीरमा अक्सिजनको मात्रा नाप्ने क्रममा ९४ भन्दा कम देखिएमा हाम्रो अनुहार निचोरिएको कागती जस्तो हुन्थ्यो। शरीरमा अक्सिजनको मात्रा ठिकै देखिए पनि तीन दिनपछि खप्न सकिएन। जे गरे पनि, जुनसुकै औषधि खाए पनि छटपटीउस्तै भएपछि एम्बुलेन्स बोलाएर इमर्जेन्सीमा गएँ, घरका अन्य सदस्यलाई त्यत्तिकै छोडेर। पीडा खपेरै भए पनि ठूलो छोराले इमर्जेन्सीसम्म पुर्‍यायो। अस्पतालमा नाडीको धमनीबाट रगत निकालेर रगतमा रहेको अक्सिजनको मात्राको विश्लेषण, छातीको सीटी स्क्यानका फोटाहरू उपचाररत मेडिसिनका रेजिडेन्ट डाक्टरले कति पनि नसोची सिधै आईसीयूमा भर्ना राख्ने निर्णय सुनाए। आफैंले एमबीबीएस पढाएका विद्यार्थी नै अहिले रेजिडेन्ट डाक्टर र फिजिसियनको रूपमा मेरो उपचारमा खटेको देख्दा गौरवान्वित भएँ।

अनि सुरु अनवरत टिंक टिंक मोनिटरको ध्वनि, नाक मुख ढाक्ने गरी अक्सिजन मास्क, स्लाइन एवं एन्टीबायोटिकका लागि नशामा क्यानुला सूई, पटक पटक मासुमा सूई। पीडा त मलाई पनि थियो तर आईसीयूभित्र मभन्दा अगाडि उपचाररत बिरामीहरूको छटपटी, निस्लोट, शिथिलताको अगाडि मेरो समस्या अलिक कम हो कि जस्तो लाग्यो। यो सापेक्षिकताको सिद्धान्त पनि गजबको हुँदोरहेछ। कोभिडको दोस्रो लहरको क्रममा संक्रमित हुने एकाध कर्मचारीमा म पनि एक थिएँ। अस्पतालका लागि म लिट्मस साबित भएँ। लिट्मस थाहा छ नि तपाईंहरूलाई, कुनै पनि रसायन क्षार हो कि अम्ल हो भनेर छुट्याउने।

म आफैंलाई किन लिट्मसको रूपमा लिएको भने पहिलो लहरको बेलादेखि यो काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापको लागि म कार्यरत अस्पताल लेभल थ्री को कोभिड अस्पताल वा रेफरल अस्पतालको रूपमा सेवारत थिएँ। यसबीच यस अस्पतालको सेवालाई लिएर हुने गरेको सकारात्मक कमेन्ट, नकारात्मक कमेन्टको प्रत्यक्ष अनुभव गर्ने स्थितिमा थिएँ। एकताका कोभिडविरुद्धको रामवाण साबित रामडेसिभिरको हाहाकारसँगै सुरु भएको दोस्रो लहरकै उत्कर्षतिरको अक्सिजन अनि सिलिन्डरको हाहाकार मत्थर हुन नपाउँदैमा आईसीयू, एचडीयूमा भर्ना हुनुपर्दा मनको कुना चिसो भने पसेको थियो।

कुनै पनि व्यक्ति अस्पतालमा भर्ना हुनु भनेको ती व्यक्ति मात्र नभई परिवारजनको दैनिकीमा व्यापक उथलपुथल आउनु हो। औषधि किन्नै पर्‍यो, विभिन्न खाले परीक्षणहरू गराउनै पर्‍यो, भर्नारत बिरामीलाई कुरुवा बस्नै पर्‍यो, आलोपालो गर्नै पर्‍यो, खाना पुर्‍याउनै पर्‍यो। यावत कुरा माथि लकडाउनका कारण सार्वजनिक यातायात नचल्नाले पुर्‍याएको थप कठिनाई छँदैछ। बेलैमा स्वास्थ्यबीमा गरिराखेको कारण तथा दोस्रो लहरमा भर्नारत संक्रमितको उपचार राज्य पक्षबाट व्यहोरेका कारण निकै सहज भयो। 

अभावका बीच पनि अनवरत रूपमा रामडेसिभिरका साथै इनोक्सापारिन, डेक्सामेथासोन, आवश्यक एन्टीबायोटिक अनि अक्सिजन पाउन कुनै समस्या भएन। म कार्यरत अस्पतालको सुरुदेखि नियम नै थियो, भर्नारत बिरामीलाई दैनिक चार खेप खाना र खाजा पुर्‍याउने कार्य। कोभिड संक्रमण सर्ला कि भन्ने डरमरलाई कति पनि चिन्ता नगरी खाना, खाजा पुर्‍याउने कार्य जारी नै राखेका थिए किचनका स्टाफहरू। आफ्नो भोक प्यास, दिसा पिसाबलाई वास्तै नगरी पीपीई लगाएर दैनिक राउण्ड अनि औषधि वितरण, ब्लड प्रेसर, स्याचुरेसन नाप्नका लागि आउँथे डाक्टर, नर्सहरू। अघिपछि डाक्टरको रूपमा आफूले उपचार दिइरहेको बिरामीहरूको राउन्ड लिन जाँदाको दृश्य र आफैं बिरामी भएर बेड पल्टिरहँदा राउन्डमा आउने डाक्टर, नर्सहरूको परिदृश्य १८० डिग्रीले फरक देखिँदोरहेछ।

अनुभवी नर्सले ढाडसयुक्त परामर्श दिन आउँदा, फिजियोथेरापिस्टले अभ्यास सिकाउन आउँदा, डाक्टर नर्सले उपचारसम्बन्धी आवश्यक सल्लाह दिन आउँदा म आफैं डाक्टर हो नि भन्ने छुमन्तर हुँदोरहेछ। नढाँटीकन भन्नुपर्दा कोरोना सेवा केन्द्र भनेर छुट्याइराखेको अलग्गै भवनमा यसअघि संक्रमित व्यक्तिको सिजेरियन अपरेसन गर्न आउँदा, भर्नारत संक्रमित बिरामीहरूको राउन्ड लिन आउँदा, सञ्चारकर्मीहरूलाई हामीले पुर्‍याइरहेको सेवाको दृश्यांकन गर्न ल्याउँदा मनमा सिक सिक लागेको थियो। तर मेरो पाँच दिन आईसीयू अनि एचडीयूको बसाईमा त्यहाँ ड्युटीमा आउने डाक्टर, नर्स, सफाईकर्मी, किचन स्टाफ, फिजियोथेरापिस्टको व्यस्तता देख्दा म गलत रहेछु भन्ने आत्मसात गरें।

यसअघि दैनिकजसो बिहान ड्युटीमा आउँदै गरेका तथा साँझ घर फिर्दै गरेका स्टाफहरू बोकेको स्टाफबसको दृश्यलाई निकै सामान्य लिने गरेको थिएँ तर यो सही रहेनछ। बिहानको स्टाफबसमा कोरोनारूपी शत्रुसँग भिड्नका लागि आउने लडाकूहरूको जमात रहेछ भने साँझ दिनभरको ड्युटीबाट लखतरान भई घर फिर्नेहरूको जमात रहेछ। दोस्रो लहरमा किन हो सबैजसो अस्पतालकर्मीहरू आत्मविश्वास देखिएका थिए। सायद अलिकति बाध्यता, अलिकति अनुभव, अलिकति सेवाभावले काम गरेको हुनुपर्छ। तर यति भन्दाभन्दै यो दोस्रो लहरमा अथक प्रयास गर्दागर्दै, अक्सिजन सीपीआर (कार्डियोपल्मनरी रिससिटेसन) दिँदादिँदै बिरामीहरू सिकिस्त हुँदै गरेको, आफ्नै आँखा अगाडि पुकुपुकु मर्दै गरेको दृश्यहरू मनमा, मुटुमा, आँखामा साँच्दै ड्युटी सिध्याएर स्टाफबसमा घर फर्किंदै गरेका स्वास्थ्यकर्मीहरूको मानसपटलमा के कस्तो कुरा डेरा जमाएको होला, अनुमान मात्र लगाउन सक्छौं। यस्तो मनोदशामा राति कसरी आनन्दले सुत्न सकिन्थ्यो र ? अर्धनिद्रामै, अधमरो अवस्थामै भोलिपल्ट ड्युटीमा आउने बेला भइसक्थ्यो। 

कोभिसिल्ड दुई डोज लगाइसकेका कारण सायद मलाई पनि डेल्टा भेरिएन्टले संक्रमण गरेको हुनुपर्छ। तर आफ्नो वा अन्यको हेलचेक्र्याईंले संक्रमित हुन पुगेकोमा कति पनि ग्लानी यसकारण छैन कि मैले म कार्यरत अस्पतालको, अस्पतालकर्मीको अनि मेरो आफ्नै सोचको परीक्षण गर्ने लिट्मसको भूमिका निभाउन पाएँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.